Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

आईएमई लाइफद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले समता एजुकेशन फाउन्डेसन लाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

आईएमई लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरेको जनाएको छ।

कम्पनीले समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वासका साथ शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त सहयोग रकम कैलाली, दोलखा र सिन्धुली जिल्लामा सञ्चालित समता एजुकेशन फाउन्डेसनअन्तर्गतका विद्यालयहरूको शैक्षिक गतिविधि सुदृढीकरण तथा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा परिचालन गरिने बताइएको छ।

समता एजुकेशन फाउन्डेसनले विगत लामो समयदेखि आर्थिक रूपमा विपन्न बालबालिकालाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको छ। आईएमई लाइफको यस सहयोगले फाउन्डेसनका शैक्षिक कार्यक्रमलाई थप प्रभावकारी बनाउन तथा भविष्यमा अझ बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit