Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

नेपालको पर्यटन प्रवर्द्धनका लागि टिकटकसँग मिलेर कन्टेन्ट सिर्जना कार्यशाला

नेपालको पर्यटन प्रवर्द्धनका लागि टिकटकसँग मिलेर कन्टेन्ट सिर्जना कार्यशाला
विज्ञापन
Advertisement

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक र नेपाल पर्यटन बोर्डबीच नेपालको पर्यटन प्रवर्द्धन तथा डिजिटल माध्यममार्फत अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने उद्देश्यले सहकार्य भएको छ।

विज्ञापन
Advertisement
Advertisement

दुवै संस्थाले संयुक्त रूपमा पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी, यात्रा सामग्री सिर्जनाकर्ता, पदयात्रा मार्गदर्शक तथा पर्वतारोहीहरूका लागि कन्टेन्ट सिर्जना तथा डिजिटल कथावाचनसम्बन्धी कार्यशाला बुधबारदेख सञ्चालन गरेका हुन्।

‘ह्यासट्याग भिजिट नेपाल’ नाम दिइएको यस पहलअन्तर्गत नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा साहसिक पर्यटनलाई विश्व समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ। साथै, चर्चित पर्यटकीय गन्तव्यसँगै कम परिचित तर आकर्षक स्थानहरूको प्रचारप्रसारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तीन दिनसम्म सञ्चालन हुने कार्यशालामा सहभागीहरूले छोटो भिडियो निर्माण, दर्शकसँग अन्तरक्रिया बढाउने उपाय, डिजिटल कथावाचन, दर्शक विस्तार, ब्रान्ड सहकार्य तथा जिम्मेवार सामग्री निर्माणसम्बन्धी सीप हासिल गर्नेछन्। टिकटकले पर्यटन व्यवसायी, पदयात्रा मार्गदर्शक तथा साना तथा मझौला उद्यमीहरूलाई आफ्ना सेवा र उत्पादनलाई डिजिटल माध्यममार्फत प्रभावकारी रूपमा प्रस्तुत गर्ने तरिकाबारे प्रशिक्षण दिने जनाएको छ।

नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले डिजिटल प्लेटफर्मको प्रभाव बढ्दै जाँदा पर्यटन क्षेत्रको प्रवर्द्धनमा सामग्री सिर्जनाकर्ताको भूमिका महत्वपूर्ण बन्दै गएको बताए। उनले यस सहकार्यले पर्यटन व्यवसायी, सामग्री सिर्जनाकर्ता र यात्रा प्रेमीहरूलाई एकै स्थानमा ल्याएर उनीहरूको कथावाचन क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै व्यावसायिक सामग्री निर्माणका लागि आवश्यक सीप विकास गराउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको उनको भनाइ छ।

दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिर्दौस मोत्ताकिनले टिकटकले पर्यटकीय गन्तव्य, स्थानीय परिकार र सांस्कृतिक अनुभवबारे जानकारी प्राप्त गर्ने तरिकामा परिवर्तन ल्याएको उल्लेख गरे। नेपाल पर्यटन बोर्डसँगको सहकार्यमार्फत नेपाली पर्यटन क्षेत्र र सामग्री सिर्जनाकर्तालाई डिजिटल कथावाचनका माध्यमबाट सशक्त बनाउन पाउँदा खुसी लागेको उनले बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit