Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

खानेपानीमा कोलिफर्म भेटिएपछि महानगरले रद्द गर्यो सी.एन.इन्टरप्राइजेजसँगको सम्झौता

खानेपानीमा कोलिफर्म भेटिएपछि महानगरले रद्द गर्यो सी.एन.इन्टरप्राइजेजसँगको सम्झौता
विज्ञापन
Advertisement

काठमाडौं। काठमाडौं महानगरपालिकाले खानेपानी आपूर्तिकर्तासँगको सम्झौता खारेज गरेको छ । महानगरपालिकामा पिउने पानी आपूर्ति गर्दै आएको सी.एन.इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

महानगरले प्रयोग गर्दै आएको खानेपानीको प्राविधिक परीक्षण गराउँदा कोलिफर्म भेटिएको भन्दै सी.एन सँगको सम्झौता रद्द गरेको बताइएको छ । पत्रमा भनिएको छ, ‘यस कार्यालयमा सप्लाइ भइ आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो । काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भइ दफा ३० बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।’

सोमबार विभागले आपूर्तिकर्तालाई उक्त पत्र पठाएको हो । महानगरले पानी आपूर्तिकर्ता इन्टरप्राइजेजसँग २०८१ वैशाख २ गते सम्झौता गरेर सेवा लिँदै आएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit