images images images
images images images
images
images
images

पेट्रोल र डिजेलको मूल्य बढ्यो,कति पुग्यो?

images

काठमाडौंनेपाल आयल निगम लिमिटेड ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार  इन्डियन आयल निगम I

बाट आइतबार प्राप्त नयाँ खरिद मूल्यका आधारमा पेट्रोलमा प्रतिलिटर रु. १.५१ र डिजेलमा रु. ५.०२ ले वृद्धि भई आएको थियो। सोहीअनुसार उपभोक्तालाई पर्ने असरलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिको निर्णयबमोजिम फागुन ४ गते बिहान १२:०१ बजेदेखि लागू हुने गरी खुद्रा बिक्री मूल्य समायोजन गरिएको जनाएको छ।

images
images

नयाँ व्यवस्थाअनुसार पेट्रोलमा प्रतिलिटर रु. १ र डिजेल/मट्टीतेलमा प्रतिलिटर रु. २ ले वृद्धि गरिएको छ। डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि कायम गरिएको नयाँ दरअनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर रु. १५४.५०, दोस्रो वर्गमा रु. १५६ र तेस्रो वर्गमा रु. १५७ निर्धारण गरिएको छ। त्यस्तै डिजेल/मट्टीतेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु. १३६.५०, दोस्रो वर्गमा रु. १३८ र तेस्रो वर्गमा रु. १४२ कायम गरिएको निगमले जनाएको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा राखेको छ भने सुर्खेत र दाङ दोस्रो वर्गमा तथा काठमाडौं, पोखरा र दिपायललाई तेस्रो वर्गमा समावेश गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तन र आयातित खरिद मूल्यको आधारमा उपभोक्ता मूल्य निर्धारण गरिएको निगमको भनाइ छ।

images
images

प्रतिक्रिया दिनुहोस्