Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल

विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
पूर्वपश्चिम राजमार्गअन्गर्तत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिकामा पर्ने विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएपछि एक्साभेटरबाट यात्रुको उद्धार गरिँदै । काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको यात्रुवाहक बसलाई मध्यराति करिब १२ः१० बजेको समयमा विनयी खोलामा आएको बाढीले बगाउँदा तीन जना शिशुसहित ३८ यात्रुलाई एक्साभेटरको सहयोगमा उद्धार गरिएको हो । तस्बिर सौजन्य ः जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर / रासस
विज्ञापन
Advertisement

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए । विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको उनले बताए । ‘नयाँ डाइभर्सनबाट आउँदै गर्दा ‘तत्काल एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ ।’

बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए । उक्त क्षेत्रमा पानी निरन्तर परिरहेका कारण खोलाबाट बस निकाल्न नसकिएको उनले बताए । यात्रुको सामान के कति बगायो भन्नेबारे थाहा हुन सकेको छैन । रातभरी परेको पानीका कारण उक्त सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । दाउन्नेमा सडक हिलाम्य भएकाले सवारीसाधन गुड्न सकेका छैनन । वैकल्पिक सडक प्रयोग गर्न प्रहरी निरीक्षक तिमिल्सेनाले यात्रुलाई आग्रह गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit