Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

गाजाबाट थप तीन बन्धकको शव इजरायली सेनाको नियन्त्रणमा

गाजाबाट थप तीन बन्धकको शव इजरायली सेनाको नियन्त्रणमा
विज्ञापन
Advertisement

एजेन्सी। इजरायली सेनाले गाजामा हमास लडाकू समूहले अपहरण गरेको २० महिनाभन्दा बढी समयपछि तीन जना बन्धकको शव फेला पारेको आइतबार जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

‘गाजा पट्टीबाट एउटा विशेष अपरेशनमा बन्धक बनाइएका ओफ्रा केइडार, योनातान सामेरानो र स्टाफ सार्जेन्ट शाय लेभिन्सनको शव फेला परेको सेनाले जनाएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा अपहरण गरी बन्धक बनाइएका आफ्ना छोरासहित उनीहरूको शब गाजाको किब्बुट्जमा हत्या गरिएपछि गाजामा ल्याइएको र इजरायली सेनाले नियन्त्रणमा रहेको मृतकमध्ये एकका पिताले बताए ।

उनले इन्स्टाग्राममा पोस्ट गरेको सन्देशमा ‘आइडिएफ ‘इजरायली सेना’ र शिन बेट सुरक्षा सेवाका बहादुर लडाकूहरू’ प्रति श्रद्धाञ्जली व्यक्त गरे ।

तीन सन्तानकी आमा ७१ वर्षीया केइडारलाई पनि अपहरण गरिएको थियो भने अक्टोबर ७ को बिहान हमाससँग प्रतिकार गर्ने क्रममा बन्धक बनाइएका १९ वर्षीय ट्याङ्क कमान्डर लेभिन्सनको पनि किब्बुट्जमा मृत्यु भएको थियो ।

सन् २०२३ को अक्टोबरमा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा परी एक हजार २१९ जनाको मृत्यु भएको एएफपीले जनाएको छ ।

आक्रमणका क्रममा पक्राउ परेका २५१ बन्धकमध्ये ४९ जना अझै गाजामा रहेका छन्, जसमध्ये २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी कारबाहीमा कम्तीमा ५५ हजार ९०८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घले यी आँकडालाई भरपर्दो मानेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit