Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ : शेखर कोइराला

कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ  : शेखर कोइराला
विज्ञापन
Advertisement

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको महाधिवेशन विसं २०८३ मङ्सिरभित्र हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले पार्टीको महाधिवेशन निर्धारित मितिमा हुनुपर्ने बताए ।

विज्ञापन
Advertisement
Advertisement

उनले भने, ‘म पार्टीको महाधिवेशन निर्धारित मितिमा हुनुपर्छ भन्ने पक्षमा छु, नेपाली कांग्रेसको महाधिवेशन जति लम्बिँदै जान्छ, यसले पार्टीलाई फाइदा गर्दैन ।’ नेता कोइरालाले २०८४ को आमनिर्वाचन अगाडि महाधिवेशन हुनुपर्नेमा जोड दिए ।

स्थानीय, प्रदेश तह र सङ्घीय निर्वाचन समयमा हुने भएकाले त्यसतर्फ सोचेर अगाडि बढ्न नेता कोइरालाले आग्रह गरे । विगतमा नेपाली कांग्रेसको बलियो साङ्गठनिक जिल्लाका रूपमा तनहुँ रहे पनि अहिले त्यस्तो अवस्था नरहेकाले त्यसतर्फ सोच्न उहाँले सबै नेताकार्यकर्तालाई आग्रह गरे ।

तनहुँका नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि यस जिल्लाको परिस्थिति फेरिएकाले अब यहाँको नेतृत्वले नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्ने आवश्यकता रहेको कोइरालाको भनाइ थियो ।

सदस्यता नवीकरणका सन्दर्भमा केही कमजोरी भएको भए वडास्तरमा पुगेर कार्यकर्तालाई सम्झाउनुपर्ने उल्लेख गरे । उनले, ‘जिल्लाका वरिष्ठ साथीहरू वडास्तरमा पुगेर कार्यकर्तालाई सम्झाएर सदस्यता नवीकरण गर्नेतर्फ लाग्नुपर्छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit