Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सियोल–अमेरिका ‘पनडुब्बी सम्झौता ‘प्रति उत्तर कोरियाको कडा आपत्ती, खतरनाक सैन्य टकरावका सुरु हुने दाबी

सियोल–अमेरिका ‘पनडुब्बी सम्झौता ‘प्रति उत्तर कोरियाको कडा आपत्ती, खतरनाक सैन्य टकरावका सुरु हुने दाबी
विज्ञापन
Advertisement

काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीच आणविक–सञ्चालित पनडुब्बी निर्माणसम्बन्धी नयाँ सम्झौताप्रति कडा आपत्ति जनाएको छ । उक्त समझदारीले क्षेत्रीय तथा विश्वव्यापी सुरक्षा सन्तुलनमा ‘आणविक डोमिनो’ प्रभाव उत्पन्न गर्ने उत्तर कोरियाले दाबी गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

प्योङयाङले मङ्गलबार राज्य सञ्चालित मिडियामार्फत दिइएको प्रतिक्रियामा यो कदमलाई खतरनाक सैन्य टकरावका सङ्केतका रूपमा चित्रण गरेको हो । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले गत हप्ता वासिङ्टनसँग लामो समयदेखि प्रतीक्षित सुरक्षा तथा व्यापार सम्झौतामा अन्तिम सहमति जुटेको घोषणा गरेका थिए । उक्त सम्झौतामा आणविक–सञ्चालित पनडुब्बीसमेत विकास गर्ने योजनालाई उल्लेखनीय उपलब्धि मानिएको छ। सियोलले यसले ‘युरेनियम संवर्धन तथा खर्चिएको इन्धन पुनःप्रशोधनसम्बन्धी आफ्नो अधिकार विस्तार गर्न अमेरिकी समर्थन दिलाएको’ बताएको छ।

सम्झौतामाथिको पहिलो आधिकारिक प्रतिक्रिया जनाउँदै उत्तर कोरियाले पनडुब्बी कार्यक्रमलाई ‘टकराव भड्काउने खतरनाक प्रयास’ भन्दै टिप्पणी गरेको छ। कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले प्रकाशित गरेको वक्तव्यअनुसार उक्त सम्झौता ‘कोरियाली प्रायद्वीप बाहिरै एसिया–प्रशान्त क्षेत्रमा समेत सैन्य तथा सुरक्षा अवस्थालाई अस्थिर बनाउने गम्भीर विकास’ हो, जसले ‘विश्वव्यापी स्तरमा नियन्त्रण गर्न नसकिने आणविक प्रतिस्पर्धाको स्थिति’ निम्त्याउन सक्छ।

प्योङयाङले दक्षिण कोरियाले आणविक–सञ्चालित पनडुब्बीहरू सञ्चालनमा ल्याएपछि यस क्षेत्रमा ‘आणविक डोमिनो घटना’ शुरु भई नयाँ शस्त्र दौड चर्किन बाध्य हुने चेतावनी पनि दिएको छ ।

यो प्रतिक्रिया सियोलले सीमा तनाव रोक्नका लागि उत्तर कोरियासँग सैन्य वार्ताको प्रस्ताव गरेको भोलिपल्ट आएको हो। सात वर्षपछि पहिलो पटक प्रस्तुत गरिएको यस प्रस्तावमा राष्ट्रपति लीले कुनै पूर्वशर्तविना व्यापक संवाद गर्न इच्छुक रहेको बताएका छने । यो सम्झौता उनको रूढीवादी पूर्ववर्तीहरूले अपनाएको कठोर नीतिबाट पूर्णतः भिन्न रहेको बताइएको छ ।

यसबीच, उत्तर कोरियाले राष्ट्रपति लीको संवाद प्रस्तावमाथि हालसम्म कुनै प्रतिक्रिया नदिएको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन् । एएफपी

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit