Advertisement
Advertisement
Corporate Samachar
१३ असार २०८३, शनिबार
Advertisement

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्य पाँच प्रतिशतले घट्यो

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्य पाँच प्रतिशतले घट्यो
Smoke billows from a site in the city of Haifa on June 16, 2025, following a fresh barrage of Iranian missiles. Israel's military warned on June 16 of a new missile salvo incoming from Iran, as AFP journalists reported loud explosions in Jerusalem and fires outside the coastal city of Haifa. "A short while ago, the IDF identified missiles launched from Iran toward the territory of the State of Israel," the army posted on Telegram, using the acronym for its official name. (Photo by Ahmad GHARABLI / AFP)
विज्ञापन
Advertisement

काठमाडाैं । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग द्विपक्षीय युद्धविरामको प्रस्तावमा सहमति जनाएको बताएपछि मङ्गलबार तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

इजराइल र यसको कट्टर शत्रु इरानबीच १२ दिने युद्धपछि ऊर्जा बजारको झट्काको डर कम भएको छ । मङ्गलबार बिहान करिब ०६५० जिएमटीमा ब्रेन्ट पाँच दशमलव दुई प्रतिशतले घटेर प्रतिब्यारेल ६७ दशमलव ७५ डलरमा झरेको थियो भने मुख्य अमेरिकी कच्चा तेल सम्झौता डब्लुटिआई प्रतिब्यारेल पाँच दशमलव चार प्रतिशतले घटेर ६५ दशमलव ०१ डलर भएको थियो ।

‘द्वन्द्वको सम्भावित अन्त्यलाई बजार सहभागीहरूले स्वागत गरेका छन्’, एमयुएफजीका ली हार्डम्यानले लेखेका छन् । उनले ब्रेन्टले ‘द्वन्द्व सुरु भएदेखि नै सबै लाभहरू लगभग पूर्ण रूपमा उल्ट्याएको’ बताए ।

‘अमेरिकी डलरले हालैको लाभ फिर्ता दिएर एफएक्स बजारमा पनि यस्तै परिवर्तन भइरहेको छ । यदि मध्यपूर्वको जोखिम अब बजार चालकका रूपमा पृष्ठभूमिमा मिसिएको छ भने अमेरिकी डलरको कमजोर प्रवृत्ति फेरि सुरु हुने सम्भावना बढी छ’, उनले भने ।

इरानले रणनीतिक स्ट्रेट अफ होर्मुज हुँदै तेल ढुवानीलाई रोकेर आफ्नो आणविक सुविधाहरूमा सप्ताहन्तमा अमेरिकी आक्रमणको बदला लिनसक्ने सम्भावनामा सोमबार बिहान कच्चा तेलको मूल्यमा केही समयका लागि वृद्धि भएको थियो ।

तर इरानले कतारको प्रमुख अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार गरेको र तेलक्षेत्रको सम्पत्ति अप्रभावित रहेको बताएपछि तिनीहरू सात प्रतिशतसम्म तल झरेको थियो ।

युद्ध प्रिमियम 

‘तेहरानले राम्रो खेल्यो । तिनीहरूको ‘प्रतिशोध’ ले कतारको अमेरिकी आधारमा प्रहार गर्‍यो–हेडलाइनहरूका लागि पर्याप्त चर्को, तेल बजारको जग हल्लाउन नसक्ने शान्त’, एसपिआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सले भने, ‘र एकचोटि यो स्पष्ट भएपछि युद्धको प्रिमियम कच्चा तेलबाट बाहिर निस्कियो ।’

इजरायली सरकारले मङ्गलबार एक विज्ञप्तिमा इरानसँगको युद्धमा देशले ‘सबै उद्देश्य हासिल गरेको’ र यसले ‘तत्काल दोहोरो अस्तित्वको खतराः आणविक र ब्यालिस्टिक’ हटाएको बताएको छ । ‘इजरायलले युद्धविरामको कुनै पनि उल्लङ्घनको कडा जवाफ दिनेछ, विज्ञप्तिमा भनिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit