Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

फिफा विश्वकप : शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

फिफा विश्वकप : शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्।

विज्ञापन
Advertisement
Advertisement

समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू नकआउट चरणको सम्भावना बलियो बनाउने लक्ष्यका साथ मैदानमा उत्रनेछन्।

समूह ‘आई’ अन्तर्गत नर्वे र फ्रान्सबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ । सोही समयमा सेनेगल र इराक पनि आमनेसामने हुनेछन् ।

यस्तै, समूह ‘एच’ मा काबो भर्डे र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ। यसै समूहको अर्को खेलमा उरुग्वेले स्पेनको सामना गर्नेछ । दुवै खेल बिहान ५ः४५ बजे सुरु हुनेछन्।

समूह ‘जी’ अन्तर्गत न्यूजिल्यान्ड र बेल्जियमबीच खेल हुनेछ भने अर्को खेलमा इजिप्ट र इरान आमनेसामने हुनेछन् । यी दुवै खेल बिहान ८ः४५ बजे सुरु हुने तालिका छ ।समूह चरणका यी खेलहरूले अंक तालिकामा महत्वपूर्ण प्रभाव पार्ने छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit