काठमाडौं । एसईई परीक्षा सकेर छुट्टीको माहोलमा रहेका विद्यार्थीहरुको उत्साह, उर्जा र खेल कौशललाई एक ठाउँमा समेट्दै युनिग्लोब एसस \ कलेज कमलादीले आयोजना गरेको ‘युनिग्लोब थ्री बाइ थ्री एसईई बास्केट बल प्रतियोगिता भब्य रुपमा सुरु भएको छ ।
बुधबार युनिग्लोब कलेजका प्रधानाध्यापक (प्रिन्सिपल) डा.गणेश रेग्मीले राष्ट्रिय रेफ्री दीपेश कार्कीसहितको प्राविधिक टोलिलाई खेल बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक सुरुवात गरेका हुन् । पहिलो उद्घाटन खेल टोखा बास्केटबल क्लब र टिम एसओएस (sos) बीच भएको रोमाञ्चक भिडन्तले खेललाई उत्साहित बनाउनुका साथै, खेल कौशलको उत्कृष्ट प्रदर्शनले प्रतियोगितको गरिमालाई थप उच्च बनाएको कलेजले जनाएको छ ।
युनिग्लोब कलेजले युवा प्रतिभाको पहिचान, खेलकुदमा उत्कष्टता र प्रवर्द्धन र स्वास्थ्यपूर्ण प्रतिस्पर्धा प्रवाह गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको फिबा (FIBA 3×3) नियमावली अनुसार संचालन भएको हुँदा खेलाडीलाई भोलिको दिनमा जुनसुकै बास्केटबल प्रतियोगितमा पनि यो एउटा सिकाई हुने जनाएको छ।

८२ केटा टोली र ३० केटी टोलीको सहभागिता
यस प्रतियोगितामा ८२ केटा टोली र ३० केटी टोलीको सहभागिता रहेका छन् । यस खालकाे सहभागितले खेलकाे महत्वलाइ थप बल पुगेकाे थियाे । सहभागी सबै टोलीहरूबीच हुने प्रतिस्पर्धाले खेलाडीहरूमा आत्मविश्वास, खेल भावना र नेतृत्व क्षमताको विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
४० हजार रुपैयाँसम्मको पुरस्कार राशी
यस बास्केट बल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई आकर्षक पुरस्कारको रहेको छ । कलेजका अनुसार केटा वर्ग तर्फ प्रथम हुनेलाई १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार दिइने छ भने केटी वर्ग तर्फ प्रथमलाई १० हजार रुपैयाँ र दोस्रोलाई ५ हजार रुपैयाँ नगद पुरस्कार दिइने छ । त्यस्तै प्रतियोगितभर उत्कृष्ट खेल खेल्ने खेलाडीलाई सर्वोकृष्ट खेलाडी घोषित गरि सम्मान गरिने जनाएको छ ।
युनिग्लोब कलेजले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, सहकार्य, प्रतिस्पर्धात्मक भावना र नेतृत्व विकास गर्ने अवसर प्रदान गर्ने जनाएको छ । आगामी दिनमा कलेजले यस्ता खालको प्रतियोगितलाई शिक्षाको मात्र ‘हब’ नभई खेलकुद क्षेत्रको पनि ‘हब’को रुपमा समेत चिनाउनेगरी लाग्ने युनिग्लोब कलेज तयारीको साथ लागेको जनाएको छ।




















प्रतिक्रिया दिनुहोस्