काठमाडौं। एमएडब्लु वृिद्धले नेपालगञ्जमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटनको अवसर पारेर तीन दिने टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ।
यही मंसिर २७ (शनिबार) देखि २९ सम्म चल्ने उक्त कार्यक्रममा दिपाल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको ग्राहकले टेस्ट ड्राइभ अनुभव सँगै एक्सचेन्ज गर्ने अवसर समेत पाउनेछन् । साथै दिपाल एस०५ र नामी भिगो जस्ता मोडेलहरूको पनि टेस्ट ड्राइभ गर्न सकिनेछ।
यी ब्रान्डहरू हाल नेपालमा सबैभन्दा लोकप्रिय र प्रविधिमैत्री ईभी ब्रान्डका रूपमा स्थापित भइरहेका छन् ।
सो कार्यक्रममा ग्राहकलाई रोबोटहरूसँग अन्तक्र्रिया गर्ने अवसर प्रदान गरिने आयोजकको भनाइ छ । कार्यक्रमको अवसरमा एमएडब्लु वृिद्धले विशेष प्रमोशनल अफरहरू पनि उपलब्ध गराउने जनाउको छ । जसमा पुराना गाडी साट्न चाहने ग्राहकका लागि आकर्षक एक्सचेञ्ज बोनस, विशेष नगद छुट, प्रत्येक खरिदमा निःशुल्क एसेसरी र टेस्ट ड्राइभ गर्ने आगन्तुकका लागि उपहार समावेश छन् ।

















प्रतिक्रिया दिनुहोस्