Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

शाओमी १४टी स्मार्टफोनको मूल्य घट्यो, अब कति?

शाओमी १४टी स्मार्टफोनको मूल्य घट्यो, अब कति?
विज्ञापन
Advertisement

काठमाडौं। प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा स्थापित ब्रान्ड शाओमीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन शाओमी १४टी को मूल्य घटाएको घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

लाइका सँगको सहकार्यमा तयार पारिएको यो स्मार्टफोनले नेपाली बजारमा अत्याधुनिक क्यामेरा, शक्तिशाली प्रदर्शन र उत्कृष्ट डिजाइनका कारण छोटो समयमा नै लोकप्रियता हासिल गरेको छ।

कम्पनीले अब यो फोनको १२ जिबी र्याम र ५१२ जिबी स्टोरेज भएको संस्करणको मूल्य घटाएर रु। ५९ हजर ९९९ कायम गरेको छ, जुन अघिल्लो मूल्य रु। ६४ हजार ९९९ भन्दा पाँच हजार रुपैयाँ कम हो।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मानस्वीले शाओमी १४टीलाई नवीनता र उत्कृष्ट प्रविधिको प्रतीकको रूपमा वर्णन गर्दै मूल्य कटौतीले प्रिमियम प्रविधिलाई अझ सुलभ बनाउने लक्ष्य बोकेको बताए।

उनका अनुसार, लाइका क्यामेरा, स्मार्ट एआई सुविधा, उच्च रिफ्रेस रेटसहितको डिस्प्ले, शक्तिशाली मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर र ५००० mब्ज क्षमताको फास्ट चार्जिङ ब्याट्रीजस्ता सुविधाहरूले शाओमी १४टी नेपाली प्रयोगकर्ताबीच रोजाइको फोन बन्न सफल भएको हो।

पानी र धूलोबाट सुरक्षित रहने आईपी ६८ प्रमाणन प्राप्त यो फोन अहिले टाइटन ब्ल्याक, ग्रे र ब्लू गरी तीन आकर्षक रङमा उपलब्ध छ। नयाँ मूल्यमा शाओमी १४टी नेपालभरका शाओमी स्टोरहरू र अधिकृत खुद्रा विक्रेतामार्फत खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

नयाँ मूल्यको घोषणासँगै शाओमीले आफ्नो फ्ल्यागशिप उत्पादनलाई थप प्रतिस्पर्धी बनाउँदै नेपाली प्रविधि प्रयोगकर्ताहरूका लागि एक रोमाञ्चक विकल्प प्रस्तुत गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit