Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

आइएमई मोटर्सद्वारा ९ महिनामा सवा २ अर्ब बढीको व्यापार

आइएमई मोटर्सद्वारा ९ महिनामा सवा २ अर्ब बढीको व्यापार
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको कम्पनी आइएमई मोर्टसले आर्थिक वर्ष २०२५ को ९ महिनामै २ अर्ब २१ करोड रुपैयाँ बरारको व्यापार गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले उक्त व्यापार गरेको देखिएको हो । कम्पनीले तीन अर्ब २५ करोड रुपैयाँ बैंकिङ कर्जा प्रयोजनमा लागि रेटिङ गराएको हो ।

कम्पनीले यसअघि आव २०२४ मा दुई अर्ब ३४ करोड, आव २०२३ मा एक अर्ब ७५ करोड र आव तीन अर्ब १४ करोड रुपैयाँ बढीको व्यापार गरेको थियो ।

साथै, कम्पनीले २०२२ मा दुई अर्ब ३७ करोड र आव २०२१ मा एक अर्ब ८३ करोड रुपैयाँ बढीको कारोबार गरेको थियो । यो भारतको हिन्दुजा समूहको कमर्सियल भेहिकल अशोक लेल्याण्डका लागि नेपालको आधिकारिक वितरण कम्पनीको रुपमा रहेको छ ।

कम्पनीले अशोक लेल्याण्डका सम्पूर्ण कमर्सियल भेहिकलमा बस, इन्टरमिडिएट कमर्सियल भेहिकल्स (आइसिभिएस), लाइट भेहिकल्स, मिडियम कमर्सियल भेहिकल्स (एमसिभिएस), ट्रक र टिपरहरू नेपाल आयात गरेर व्यापार गर्दै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit