images images images
images images images
images
images
images

निजी क्षेत्रले सरकारलाई सहयोग गरे हजारौँलाई तुरुन्तै रोजगारी दिन सकिन्छ : अध्यक्ष ढकाल

images

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय नेपालमा निजी क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पर्वत विकासको सम्भावना र अवसरहरुको पहिचान विषयक विमर्श कार्यक्रममा उनले पहिला नाफामूलक र व्यवसायिक गतिविधिलाई मात्र प्राथमिकता दिने परम्परा रहेको भन्दै अहिले क्रमश त्यो परिवर्तन हुँदै गएको बताए ।

images
images

उनले भने, ‘ पहिले नेपालमा निजी क्षेत्रलाई प्राथमिकतामा राखिएको अवस्था थिएन । तर अहिले क्रमश निजी क्षेत्रलाई पनि ध्यानमा राखिएको कुरा सबैले महसुस गरेको छन्। नाफामूलक र व्यवसायिक गतिविधिलाई मात्र प्राथमिकता दिने जुन परम्परा थियो त्यो पनि परिवर्तन हुँदै गएको छ ।’

यस्तै, उनले निजी क्षेत्र र सरकारबीच सहकार्य हुने हो भने हजारौँ मानिसलाई तुरुन्तै रोजगारी दिनसक्ने बताए । त्यसका लागि निजी क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने उनको भनाइ छ । उनले भने, ‘जबसम्म आम नागरिकहरुको चासो निजी क्षेत्रमा सकारात्मक रुपमा बढ्दैन् तबसम्म रोजगारी सिर्जना गर्न, पूर्वाधार बढाउन सक्दैनांै । रोजगारी सिर्जना गर्ने कुरा धेरै गाह्रो कुरा हो । तर, निजी क्षेत्रले सरकारलाई सहयोग गर्ने हो भने हजारौँ जनालाई तुरुन्तै रोजगारी दिनसक्ने अवस्था छ । त्यसका लागि निजी क्षेत्रलाई एकदमै प्राथमिकतामा राख्नुपर्छ ।’

images
images

प्रतिक्रिया दिनुहोस्