Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

आगजनी र लुटपाटको सिसिटिभी फुटेजसहित एनसेलले प्रहरीमा दियो उजुरी

आगजनी र लुटपाटको  सिसिटिभी फुटेजसहित एनसेलले प्रहरीमा दियो उजुरी
विज्ञापन
Advertisement

काठमाडौं । लैनचौरस्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा भएको लुटपाट, आगजनी र तोडफोडविरुद्ध सोमबार एनसेलले जिल्ला प्रहरी कार्यलय, काठमाडौंमा उजुरी दर्ता गराएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यही भदौ २४ गते जेनजी प्रदर्शन र आन्दोलनका नाममा मौका छोपी कार्यालयमा तोडफोड, आगजनी र डकैतीको घटना भएको र कम्पनीको सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै सोमबार एनसेलले उजुरी दर्ता गराएको हो ।

एनसेलले उजुरीमा यी घटनाहरुसँग संलग्न अपराधीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानूनको दायरामा ल्याई हदैसम्मको सजायको भागिदार बनाउन माग गरेको छ । यस्तै कार्यालयबाट चोरेर लगिएको सामान फिर्ता दिलाउन, आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपुर्ति समेत दिलाई भराई पाउनुपर्ने उल्लेख
छ ।

‘आन्दोलनको नाममा अपराधीहरुले समुह बनाई कम्पनीको सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीहरुलाई एकैठाउँमा राखेर जलाउने भन्दै धम्की दिई उनीहरुलाई कोठामा थुनेर भवनमा तोडफोड तथा आगजनी गर्ने कार्य गरेको, भवनको अगाडि भागको सिसाहरु फुटाई कार्यालय भित्र प्रवेश गरि ग्राउन्ड फ्लोरमा रहेको कम्पनीको ग्राहक सेवा केन्द्र र रिसेप्सनमा रहेका कार्यालय प्रयोजनमा प्रयोग भएको उपकरणहरु तोडफोड भएको छ । साथै, आगजनी गरेको, भवनको प्रत्येक तलामा प्रवेश गरी कार्यालयमा प्रयोग भएका प्रत्येक समानहरु तोडफोड गरेका, कम्पनीका सक्कल प्रमाणपत्र, अनुमतिपत्र, जग्गाधनी प्रमाणपुर्जा एवं कार्यालयका महत्वपुर्ण अन्य कागजात आगजनी वा डकैतीका साथै नगद र कम्पनीका सेफहरु समेत लुटेर लगेका छन्,’ एनसेलले दर्ता गरेको उजुरीमा उल्लेख छ ।

एनसेलले आफ्नो कार्यालयको दश वटै तलामा रहेका बहुमुल्य विद्युतीय समानहरु, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डर मेसिन लगायतका सम्पूर्ण कार्यलयको काममा प्रयोग हुने सामानहरु चोरी भएको जनाएको छ । साथै कर्मचारीहरुलाई वितरण गरेको प्रत्येक लकर फोडी ल्यापटप तथा
अन्य व्यक्तिगत सामान तथा गहनाहरु डकैती गरेको, मिटिङ हलमा रहेको टिभी, मोनिटरहरु तथा भवनको दोश्रो तलामा रहेको फिटनेशका सामानहरु बाहिर फालि केही उपकरण आगजनी गरी र अधिकांश उपकरणहरु झिकेर लगेको जनाएको छ । प्रर्दशनकारीले कम्पनीका आफ्नै र तेस्रो पक्षबाट भाडामा लिएका महंगा गाडीहरु जलाइदिएका छन् ।

एनसेलले कम्पनीमा ठुलो भौतिक र आर्थिक क्षति भएको उल्लेख गर्दै क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची प्रहरीलाई उपलब्ध गराएको छ । साथै, घटनाको क्रममा कैद भएका सम्पूर्ण सिसिटिभि फुटेज पनि अनुसन्धानलाई सहयोग पु¥याउने उद्देश्यले प्रहरीलाई हस्तान्तरण गरिएको जनाएको छ ।

तोडफोड, आगजनी, डकैतिबाट कम्पनीको सम्पतिमा भएको वास्तविक क्षति यकिन गर्न मुल्याङ्कनको कार्य भैरहेको कम्पनीको भनाइ छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit