images images images
images images images
images
images
images

जेनजी आन्दोलन: ६८ वटा बैंकको शाखा कार्यालयमा आक्रमण

images

काठमाडौं । जेनजी पुस्ताको आन्दोलन हिंसात्मक भएपछि देशभर ६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले जेनजी आन्दोलनका क्रममा बैंकहरुको कार्यालयहरूमा आक्रमण भएपनि बैंकिङ प्रणाली भने सबै ठिकठाक रहेको जानकारी दिए । उनका अनुसार देशभरका विभिन्न ६९ वटा एटिएममा क्षति भएको छ ।

images
images

सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रममा गभर्नर पौडेलले भने, ‘जेनजी प्रदर्शनका कारण ६८ वटा बैंकका शाखा र ६९ वटा एटीएममा क्षति पुगेको छ, यद्यपि यो समय मानिसहरुको मनोबल बढाउने हो, जे घटना घट्यो त्यो ज्यादै दुखद् छ । राष्ट्र बैंक सक्दो सहयोग गर्न तयार छ’, उनले भने।

तर, आन्दोलनकारीहरूले बैंकहरु नै टार्गेट गरेको जस्तो नदेखिएको पौडेलको भनाइ छ । उनले भने,‘ अहिलेको अवस्थामा सबैको मनोबल घटेका कारण उनीहरूको मनोबल बढाउनुपर्ने आवश्यकता छ ।’ सो क्रममा पौडेलले अनुभवी अर्थमन्त्री आएकाले काम गर्न सहज हुने पनि बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्