Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

प्रर्दशनकारीले लुटे राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड नगदसहित १८ केजी सुन

प्रर्दशनकारीले लुटे राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड नगदसहित १८ केजी सुन
विज्ञापन
Advertisement

काठमाडौं । जेनजी आन्दोलनकर्ताहरुले बैंकका शाखाबाट ठूलो परिमाणमा सुन र नगद रकम लुटपाट गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

यही भदौ २३ र २४ गते भएको हिंसात्मक प्रर्दशनका क्रममा नयाँबानेश्वरस्थित संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड रुपैयाँ नगद चोरी भएको छ । सोही शाखाबाट १८ केजी सुन समेत चोरी भएको छ । सुन र नगद गरेर अन्दाजी ३८ करोड रुपैयाँ प्रर्दशनकारीद्वारा लुटिएको छ । यस्तै उक्त भवनमा क्षति समेत पुगेको छ ।

गभर्नर विश्व पौडेलले एक पडकास्टमा ‘एक ठाउँमा सिरियस लुटपाट भएको छ । संसद् भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको छ ।’

कोर काम भएको ठाउँमा भने आक्रमण भएको छैन । उनका अनुसार देशभर भएका आक्रमण , लुटपाट र आगजनीमा बैंकका ६८ वटा शाखा कार्यालय र ६९ वटा एटीएम मेसिनमा क्षति पुगेको छ । संसद भवनमा परिसरमा रहेको शाखामा गरिएको लुटपाटबारे अनुसन्धान भइरहेको उल्लेख गर्दै गर्भनर पौडेलले भने, ‘लुटेर पनि कहाँ लैजालान र! सिसिटिभी हेरिरहेका छौं ।’

प्रर्दशनका क्रममा नबिल बैंकको चाबहिल शाखा, राष्ट्रिय वाणिज्य बैंककै दुहबी शाखामा आक्रमण भए पनि धेरै क्षति पुगेको छैन ।

प्रर्दशनकारीहरुले बैंकहरु लुट्ने भन्दा पनि सरकारी कार्यालयहरु सँगै विजनेश कम्प्लेक्समा आगजनी र तोडफोड गर्दा बैंकका शाखा, काउण्टर र एटीएम मेसिनमा क्षति पुगेको उनको भनाइ छ । पौडेलले भने, ‘बैंकहरू नै लुट्ने नै भन्दा पनि भाटभटेनीभित्र रहेको एटीएम तोडफोड गरिएका छन् । उनीहरुको उद्देश्य एटीएम भन्दा पनि भाटभटेनी थियो।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit