Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

तीन मन्त्रीहरुले गरे क्षतिग्रस्त संसद भवनको निरिक्षण, क्षतिको मूल्यांकन समितिले गर्ने

तीन मन्त्रीहरुले गरे क्षतिग्रस्त संसद भवनको निरिक्षण, क्षतिको मूल्यांकन समितिले गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । सरकारका तीन मन्त्रीहरुले जेनजी आन्दोलनमा क्षतिग्रस्त संसद भवनको निरिक्षण गरेका छन् । बुधबार अर्थमन्त्री डा. रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले संसद भवनको एकैसाथ निरिक्षण गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

जेनजी आन्दोलनमा ध्वस्त संसद भवनको निरीक्षण गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जलेका र भत्किएका संरचनाहरु सबैले मिलेर बनाउनपर्ने बताए ।

उनले भने, ‘हाम्रो जुन जलेका र भत्किएका संरचनाहरु छन्, त्यो हामी सबैले मिलेर बनाउनुर्छ । यसका लागि विदेशी सहयोग भन्दा पनि हामीले कोष बनाएका छौं त्यसमा नेपालमा र विदेशमा बस्ने हरेक नेपालीले सहयोग गरेर हाम्रा संरचनाहरु पुनस्थापना गर्न सक्छौं ।’

यसैगरी अर्थमन्त्री खनालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै पहिलो प्राथमिकता अहिलेको सबै संरचना पुर्ननिर्माण गर्नु रहेको बताए । उनले जेनजी आन्दोलनमा के कति क्षति भयो भनेर अहिले नै भन्न नसकिने र त्यसका लागि समिति गठन गर्न लागिएको बताए ।

उनले भने, ‘पहिलो प्राथमिकता अहिलेको सबै संरचना पुननिर्माण गर्ने हो । क्षति यति भयो भन्न सकिने अवस्था छैन अहिले त्यसका लागि समिति गठन गर्दैछौं । समितिले अनुमान गर्ने छ सबै ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit