Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्दै केन्द्रीय बैंक
विज्ञापन
Advertisement

काठमाडौं । केन्द्रीय बैंकले आज एकैदिन ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । नेपालीहरुको ठूला चाडपर्व दशैं तिहार नजिक आइसक्दा समेत बजारमा अर्थिक गतिविधि बढ्न सकेको छैन । जसको प्रभाव कर्जा बढाउन नसकेर बैंकहरूमा थुप्रिएको तरलतामा परेको देखिन्छ ।

विज्ञापन
Advertisement
Advertisement

बजारमा देखिएको सुस्त आर्थिक गतिविधिका कारण कर्जा माग नभइरहेको अवस्थामा बैंकहरूमा तरलता बढी थुप्रियपछि नेपाल राष्ट्र बैंकले बिहीबार एकैदिन ९० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो ।

आज निक्षेप संकलन उपकरण बोलकबोलमार्फत केन्द्रीय बैंकले १० दिनको लागि ९० अर्ब रुपैयाँ तरलता झिक्न लागेको सूचनामार्फत जनाएको छ । पछिल्लो २ आर्थिक वर्षमा लगातार अधिक तरलता देखिएपछि केन्द्रीय बैंकले साताको दुई दिन तरलता प्रशोचन गरिहेको छ। आइतबार र बुधबार निरन्तर रुपमा तरलता खिच्दै आएको केन्द्रीय बैंकले आन्दोलनबाट उत्पन्न परिस्थितिका कारण हिजो (बुधबार) तरलता प्रशोचन गरेको थिएन । तर आज निक्षेप संकलन उपकरण बोलकबोलका साथै स्थायी निक्षेप सुविधामार्फत तरलता प्रशोचन गर्ने केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा समेत उपलब्ध गराउँदै आएको । बैंकले आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्नका लागि घटिमा १० करोड रूपैयाँ र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल रकम आह्वान गर्न भनेको छ ।

आज बोलकबोल हुने सो रकमको सावाँ तथा ब्याज भुक्तानी आगामी असोज १२ गते दिने राष्ट्र बैंकले जनाएको छ । यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बैंक तथा वित्तीय संथाले बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

यसैगरी, निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा पहिलो प्राथमिकतामा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ । यसअघि ०८२ असार ४ गते पनि केन्द्रीय बैंकले ९० अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीबाट तानेको थियो ।

केन्द्रीय बैंकले प्रशोचन गरेर मौज्दात रहेको तरलता ६ खर्ब ७१ अर्ब ७० करोड रुपैयाँ रहेको छ । सुस्त आर्थिक गतिविधिले कर्जा माग निकै कमभइरहेको अवस्थामा यही भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका कारण आर्थिक तथा भौतिक रुपमा ठूलो क्षति पुगेको छ । जसले कर्जामा मागलाई झनै सुस्त बनाउने देखिन्छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit