images images images
images images images
images
images
images

शेयर बजारमा  तेस्रो नेगेटिभ सर्किट, आजका लागि कारोबार बन्द

images

काठमाडौं । तेस्रो नेगेटिभ सर्किट ब्रेक लागेपछि शेयर बजारमा आजको लागि कारोबार बन्द भएको छ । नौ कारोबार दिनपछि बिहीबार खुलेको शेयर बजारमा लगातार तेस्रो सर्किट ब्रेक लागेकोपछि कारोबार बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।

नेप्से परिसूचक आज ६ प्रतिशत अर्थात् १६०.३३ अंकले घटेर २ हजार ५११.९१ अंकमा झरेको हो । तेस्रो पटक ६ प्रतिशतले शेयर मार्केट उच्च अंकले ओरालो लागेपछि आजका लागि कारोबार बन्द गरिएको हो ।

images
images

बिहीबार नेप्सेमा २१७ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ भने ९ कम्पनीको शेयर मूल्य बढेको छ । आज ७२ करोड ८७ लाख २ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

यसअघि नेप्से खुलेको २ मिनेटमा ४ प्रतिशत अर्थात् १०७.०४ अंकले घटेपछि २० मिनेट स्थथित भएको थियो । २० मिनेटपछि पुनः शेयर कारोबार हुँदा फेरी ५ प्रतिशत अर्थात् १३३.६१ अंकले घट्दै दोस्रो नेगेटिभ सर्किट लागेपछि फेरी ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो ।

तेस्रो पटक खुलेको नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि कारोबार आजका लागि बन्द गरिएको हो ।
कारोबार खुलेको पहिलो एक घण्टाभित्र बजार परिसूचक नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा सर्किट लाग्ने व्यवस्था छ । जसअनुसार कारोबार २० मिनेटका लागि रोकिन्छ ।

यसपछि, कारोबार खुलेको दोस्रो घण्टाभित्र पाँच प्रतिशतले घटेमा वा बढेमा ४० मिनेटका लागि कारोबार रोकिने व्यवस्था छ। त्यस्तै, ६ प्रतिशतले बजार घटेमा वा बढेमा भने सो दिनका लागि बजार बन्द हुन्छ ।

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको असर शेयर बजारमा उच्च अंकको गिरावटसँगै देखिएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्