Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

शेयर बजारमा दोस्रो नेगेटिभ सर्किटपछि ४० मिनेटका लागि रोकियो कारोबार

शेयर बजारमा दोस्रो नेगेटिभ सर्किटपछि ४० मिनेटका लागि रोकियो कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । पहिलो नेगेटिभ सर्किटलागेकोा २० मिनेटमा खुलेको शेयर बजारमा पुनः अर्को नेगेटिभ सर्किट लागेको छ। बिहीबार बजार खुलेको दोस्रो मिनेटमा शेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्सें १०७.०४ अंकले घटेपछि नकारात्मक सर्किट लागेको थियो ।

विज्ञापन
Advertisement
Advertisement

त्यसको २० मिनेट कारोबार रोकिएर खुलेको शेयर बजारमा पुःन दोस्रो नकारात्मक सर्किट लागेको हो। २० मिनेपछि खुलेको बजार केही मिनेटभित्रै १३३.६३ अंक अर्थात् ५ प्रतिशतले घट्यो । पुनः ११ः२२ बजे बजार खुलेपछि ११ः२३ मा नेप्से ५ प्रतिशतले घट्दा दोस्रो सर्किट ब्रेक लागी कारोबार फेरि स्थगित भएको हो । अब बजार ४० मिनेटपछि मात्रै खुल्नेछ ।

कारोबार खुलेको पहिलो एक घण्टाभित्र बजार परिसूचक नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा सर्किट लाग्ने व्यवस्था रहेको छ । जसमा २० मिनेटका लागि कारोबार रोकिन्छ ।

यस्तै, कारोबार खुलेको दोस्रो घण्टाभित्र पाँच प्रतिशतले घटेमा वा बढेमा ४० मिनेटका लागि कारोबार स्थगित हुन्छ । ६ प्रतिशतले बजार घटेमा वा बढेमा उक्त दिनका लागि बजार बन्द हुने व्यवस्था छ ।

यसअघि, नेप्से प्रिओपन सेसनमै ३४ अंकले घटेको थियो । यही भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको असर नौ दिनपछि बिहीबार खुलेको शेयर बजारमा देखिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit