काठमाडाैं । साताको कारोबार दिन शुक्रबार शेयर बजारमा १० अंकको गिरावट आएको छ । नेप्से सूचकमा निरन्तर गिरावट आउँदा कारोबार घट्ने क्रम रोकिएको छैन । अघिल्लो दिनको तुलनामा यो दिन भने कारोबार रकम सामान्य बढेको छ ।
यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३३७ कम्पनीको ७९ लाख ५८ हजार कित्ता शेयर किनबेचहुँदा तीन अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लाे दिन दुइ अर्ब रूपैयाँ माथिकाे काराेबार भएकाे थियाे ।
सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्सको रहेको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीलाई पुर्नबीमा नगर्न निर्देशन दिएपछि यस कम्पनीको शेयर भएका लगानीकर्ताहरुले शेयर बेच्न थालेका हुन् । साहज उर्जा, एसवाई प्यानेल, युनियन हाइड्रोपावर, माउन्टेन इनर्जी नेपालको ७ करोड ४८ लाख रुपैयाँदेखि ३७ करोड ६८ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
यो दिन युनियन हाइड्रो पावर, ग्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, एनआईबीएल स्टेबल फण्ड, एनएमबी हाइब्रिड फण्डको शेयर मूल्य २.८४ प्रतिशतदेखि ९.७९ प्रतिशतसम्मले बढेको छ । घटेको बजारमा एशियन हाइड्रो पावर,हिमालयन रिइन्स्योरेन्स,नारायणी डेभलपमेन्ट बैंक, रिज लाइन इनर्जी र भुजुङ हाइड्रोपावर कम्पनीको ४.३४ प्रतिशतदेखि ०.८९ प्रतिशतसम्मले घटेको छ। यो दिन कारोबारमा आएका १३ समूहको सूचकमध्ये जीवन बीमा उपसमूह, म्यूचुअल फण्ड र टे«डिङ समूहको सूचक बढ्दा अन्य ११ उपसमूहको सूचक घटेका छन् ।








कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्