Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

जेनजी आनदोलनको क्षति : २० अर्ब ७० करोड बढीको बीमा दाबी, कुनमा कति ?

जेनजी आनदोलनको क्षति : २० अर्ब ७० करोड बढीको बीमा दाबी, कुनमा कति ?
विज्ञापन
Advertisement

काठमाडौं । जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि २० अर्ब ७० करोड ३८ बढीको बीमा दाबी परेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार (भदौ ३१ गतेसम्म) १४ निर्जीवन बीमक र ४ लघु निर्जीवन बीमा कम्पनीमा २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँको दाबी परेको हो । प्राधिकरणका अनुसार १८ वटा बीमा कम्पनीमा १ हजार ८८४ वटा दाबी परेको छ ।

कुनमा कति दाबी ? 

सबैभन्दा धेरै दाबी ओरिएन्टल इन्स्योरेन्समा परेको छ । भाद्र ३१ गतेसम्म ओरिएन्टल इन्स्योरेन्समा ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँको ४० वटा दाबी परेको उल्लेख छ । यसैगरी दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा ४ अर्ब ९३ करोड २२ लाख रुपैयाँ बराबरको २५८ वटा दाबी परेको छ । तेस्रोमा शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड ४ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको तथ्यांकमा उल्लेख छ । उक्त कम्पनीमा ३६६ वटा दाबी परेको छ।

यसैगरी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १ अर्ब ५९ करोड ६ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ४७ करोड ५५ लाख, नेको इन्स्योरेन्समा १ अर्ब ९ करोड ५३ लाख रुपैयाँ बराबरको दाबी परेको छ।

सानिमा जीआईसी इन्स्योरेन्समा ७८ करोड ९३ लाख, राष्ट्रिय बीमा कम्पनीमा ४९ करोड ५१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा ४६ करोड ९४ लाख, युनाइटेड अजोड इन्स्योरेन्समा ४८ करोड ७४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ३८ करोड ५८ लाख, प्रभु इन्स्योरेन्समा १९ करोड १८ लाख तथा नेसनल इन्स्योरेन्समा ६ करोड ८२ लाख रुपैयाँबराबरको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।

लघु निर्जीवन बीमा कम्पनीतर्फ प्रोटेक्टिभ माइक्रोमा सबैभन्दा धेरै १ करोड १३ लाख रुपैयाँ दाबी परेको छ । दोस्रोमा स्टार माइक्रोमा ६७ लाख ७ हजार, तेस्रोमा नेपाल माइक्रोमा ५६ लाख ३६ हजार र ट्रस्ट माइक्रोमा ४२ लाख रुपैयाँबराबरको बीमा दाबी परेको छ ।

एक साता अगाडी उपत्यका सहित देशभर भएको जेनजी प्रर्दशनका क्रममा निजी तथा सरकारी संरचनाहरुमा व्यापक भौतिक क्षति पुगेको थियो । यद्यपी क्षतिको पूर्ण विवरण आइसकेको भने छैन् । भदौ ३१ सम्म प्राधिकरणले उपलब्ध गराएको तथ्यांकले दाबी गर्ने रकम थप हुनसक्ने देखाएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit