Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

निर्वाचन बिथोल्न अर्को विद्रोह निम्ताउने गरी कुनै काम हुँदैन् : मन्त्री अर्याल

निर्वाचन बिथोल्न अर्को विद्रोह निम्ताउने गरी कुनै काम हुँदैन् : मन्त्री अर्याल
विज्ञापन
Advertisement

काठमाडौं । गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम थप गर्न नपाइने व्यवस्थामा संशोधन गर्नुपर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भए पनि मतदान गर्न पाउनुपर्ने विषयलाई आगामी निर्वाचनमा सम्भव बनाउनुपर्नेमा उनको जोड छ ।
‘सर्वोच्चले आदेश दिएको पनि धेरै भयो । विदेशमा रहेका नेपालीले निर्वाचनमा सहभागीता जनाउन पाउनुपर्छ भनिराखेका छन्, यसलाई सम्भव बनाउनैपर्छ,’ गृहमन्त्री अर्यालले भने, ‘सकेसम्म सबैलाई समेट्ने मेरो प्रयास हो । कुनै देशमा प्राविधिक समस्या छ भने पनि जहाँ जहाँ सकिन्छ सम्भव बनाउने मेरो प्रयास हो ।’

बिहीबार भएको निर्वाचन आयोगसँगको छलफलमा उनले अध्यादेश ल्याएर मतदाता नामावलीमा नाम थप गर्न नपाइने व्यवस्थामा संशोधन गर्नुपर्ने धारणा राखे । उनले भने, ‘अब निर्वाचन मिति घोषणा भइसकेको छ । मतदाता नामावलीमा नाम थप गर्न नपाइने भन्ने व्यवस्था छ । त्यसलाई अध्यादेश ल्याएर संशोधन गर्नुपर्ने हुन्छ । दल दर्तामा पनि काँही समस्या छ कि खोजि गरौं भनेर भनेका थियौं । समस्या छैन भन्ने कुरा आएको छ ।’

त्यस्तै उनले नयाँ दलहरुको दर्ताको हकमा कुन समयभित्र दल दर्ता गरिसक्नुपर्ने हो त्यसको सूचना बैलैमा दिनुपर्ने धारणा राखे । यस्ता कुराले अर्को विद्रोह जन्माउन सक्ने बताउँदै उनले निर्वाचन विथोल्ने कुनै त्यस्तो किसिमको कारणहरु बन्न नसक्नेगरी काम गर्न आयोगलाई आग्रह गरेका छन् । ‘नयाँ दलहरुको दर्ताको हकमा पनि अब निर्वाचनको कार्यक्रमहरुमा उहाँहरुलाई समावेश गर्नुपर्छ ।’ उनले भने, ‘बेलैमा समयभित्र दल दर्ता गरिसक्नुपर्छ भने सूचना दिनुपर्छ । ऐनमा उल्लेख गर्नुपर्ने अवस्था छ भने अध्यादेशबाट संशोधन गरौं । किनकी यस्ता कुराले अर्को विद्रोह जन्माउन सक्छ । निर्वाचन विथोल्ने कुनै त्यस्तो किसिमको कारणहरु बन्न नसकोस् ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit