images images images
images images images
images
images
images

बीमा कम्पनीहरुमा २२ अर्ब २५ करोड बढी दाबी, मोटर बीमातर्फ २ अर्ब ९५ करोड दाबी पर्दा बागमतीमा धेरै क्षति

images

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट भएको भौतिक क्षतिप्रति २२ अर्ब २५ करोड रुपैयाँभन्दा बढी बीमा दाबी परेको छ ।

१४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको २ हजार ४७८ वटा दाबी परेको परेको हो ।

images
images

नेपाल बीमा प्राधिकरणका अनुसार जेनजी आन्दोलनको कारण भएको क्षतिप्रति सबैभन्दा बढी दाबी ओरिएन्टल इन्स्योरेन्समा परेको छ । उक्त कम्पनीमा २२ करोड ९८ लाख रुपैयाँको ७३ वटा दाबी परेको छ । दोस्रो धेरै दाबी पर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ५ अर्ब ८ करोड २८ लाख रुपैयाँको २७९ वटा दाबी पर्दा तस्रोमा आइजीआई प्रुडेन्सियलमा २ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ बराबरको १७० वटा दाबी परेको छ । यो दाबी असोज ५ गतेसम्मको तथ्यांक रहेको प्राधिकरणले जनाएको छ।

यस्तै, शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड ३३ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) मा १ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १ अर्ब १५ करोड ६२ लाख रुपैयाँको दाबी परेको छ । प्राधिकरणको अनुसार नेको इन्स्योरेन्समा १ अर्ब ११ करोड ८३ लाख, सानिमा जिआईसी इन्स्योरेन्समा ८१ करोड ७ लाख , नेपाल इन्स्योरेन्समा ४७ करोड ९ लाख, युनाइटेड अजोड इन्स्योरेन्समा ५१ करोड ३४ लाख, एनएलजी इन्स्यारेन्समा ४५ करोड ७२ लाख बराबरको दाबी परेको छ । यसैगरी राष्ट्रिय बीमा कम्पनीमा ४० करोड ९९ लाख, प्रभु इन्स्योरन्समा २० करोड ३६ लाख र नेशनल इन्स्योरेन्समा ६ करोड ८४ लाख रुपैयाँको दाबी परेको छ ।

 

लघु निर्जीवन बीमा कम्पनीहरूमा प्रोटेक्टिभ माइक्रोमा १ करोड १३ लाख, स्टार माइक्रोमा ७२ लाख, नेपाल माइक्रोमा ४१ करोड र ट्रस्ट माइक्रोमा ४४ लाख रुपैयाँको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।

सम्पत्ति बीमामा १८ अर्ब ६१ करोड ८ लाख रुपैयाँ बराबरको ५३८ वटा बीमा दाबी पर्दा मोटर बीमातर्फ २ अर्ब ९५ करोड २६ लाख रुपैयाँ बराबरको १७७८ वटा दाबी परको प्राधिकरणले जनाएको छ ।

यस्तो दाबी प्रदेशगत रुपमा बागमती प्रदेशमा सबैभन्दा बढी १७ अर्ब ९७ करोड ७२ लाख रुपैयाँको १३४३ वटा परेका छन् । दोस्रोमा कोशीमा १ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बराबरको ३२२ वटा, गण्डकीमा १ अर्ब २९ करोड रुपैयाँ बराबरको १८४ वटा, मधेशमा ५५ करोड २८ लाख रुपैयाँको २४६ वटा र लुम्बिनीमा ४५ करोड ६९ लाख रुपैयाँ बराबरको २०२ वटा बीमा दाबी परेको प्राधिकरणले उल्लेख गरेको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्