images images images
images images images
images
images
images

पुँजीबजार सुधारका लागि धितोपत्र बोर्डका कामु निर्देशक केसीको संयोजकत्वमा कार्यदल गठन

images

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लगानीकर्ताको मनोबल बढाउन तथा प्रकृयागत सुधार गर्न चार सदस्यीय कार्यदल गठन गरेका छन् ।

आज मन्त्रीस्तरीय निर्णय गर्दै अर्थमन्त्री खनालले धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसी संयोजक रहनेगरी चार सदस्यीय कार्यदल गठन गरेका हुन् । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार पुँजीबजारमा विकसित विसङ्गति तथा समस्याको अध्ययन गरी तत्काल आमलगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना (रोडम्याप) पेस गर्न कार्यदल गठन गरिएको हो ।

images
images

कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कायम मुकायम कार्यकारी निर्देशक निरन्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य छन् ।

यो कार्यदलले आम लगानीकर्ताको मनोबल वृद्धि गर्न चाल्नुपर्ने प्रणालीगत सुधारका लागि आवश्यक सुझाव एवं कार्ययोजना पाँच दिनभित्र पेस गर्नेछ ।

images
images

प्रतिक्रिया दिनुहोस्