काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै सञ्चारमाध्यमलाई सामाजिक सुरक्षाको दायरामा आउन आह्वान गरेका छन् ।
बिहीबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सामाजिक सुरक्षा कोषमा सहभागी हुने विषय कानुनमै व्यवस्थित रहेको उल्लेख गर्दै सबै सञ्चारमाध्यमलाई उत्साहपूर्वक सामाजिक सुरक्षाको दायरामा आउन आह्वान गरेका हुन् ।
उनले भने, ‘राज्यबाट सञ्चालित सञ्चारमाध्यममा कार्यरत पत्रकार र कर्मचारीमात्रै होइन निजी सञ्चारमाध्यम जो औपचारिक क्षेत्र भनेर भनिएको छ, आफँै उत्साही भएर सामाजिक सुरक्षाको दायरामा तपाईंहरु अन्तर्गतका कर्मचारीहरुलाई ल्याउनको लागि आह्वान गर्छु।’
त्यस्तै, उनले सामाजिक सुरक्षालाई बाध्यकारी र अनिवार्य बनाइराख्दा सम्बन्धित निकायहरु उत्साही बन्नुपर्ने धारणा राखे । ‘यसरी सामाजिक सुरक्षाको दायरामा जाँदा सम्बन्धित सञ्चार माध्यमलाई पनि केही घाटा पर्दैन् र पत्रकारहरुलाई पनि घाटा पर्दैन् । सामाजिक सुरक्षालाई बाध्यकारी र अनिवार्य बनाइराख्दा सम्बन्धित निकायहरु उत्साही बन्नुपर्छ ।’







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्