Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

दुई महिनामा सात अर्ब बढीको सवारीसाधन आयात हुँदा चार अर्ब ४७ करोड राजस्व संकलन

दुई महिनामा सात अर्ब बढीको सवारीसाधन आयात हुँदा चार अर्ब ४७ करोड राजस्व संकलन
विज्ञापन
Advertisement

पर्सा । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट सात अर्ब १६ लाख मूल्यबराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा उक्त नाकाबाट एक अर्ब ७५ करोड बढी मूल्यका सवारीसाधन र त्यसमा प्रयोग हुने पार्टपुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। कार्यालयका अनुसार गत आवको उक्त अवधिमा पाँच अर्ब २५ करोडका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका थिए ।

कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको दुई महिनामा यो नाका हुँदै सवारीसाधनको आयात उत्साहजनक भएको बताए । ‘गत आवको दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्वमा समेत वृद्धि भएको छ ।’

गत आवको दुई महिनामा सवारीसाधनको आयातबाट चार अर्ब ४७ करोड ७६ लाख राजस्व सङ्कलन भएको थियो भने चालु आवको दुई महिनामा सवारीसाधनको आयातबाट छ अर्ब १३ करोड ९२ लाख राजस्व सङ्कलन भएको छ । चालु आवको दुई महिनामा ४३ करोड ५२ लाख मूल्यका एक सय ७८ वटा जीप, कार र भ्यान आयात भएका छन् । जबकि गत आवको सोही अवधिमा रु ५१ करोड ६२ लाख मूल्यका दुई सय ९५ वटा जीप, कार र भ्यान आयात भएको थियो ।

चालु आवको दुई महिनामा दुई अर्ब ७९ करोडका २० हजार ६२० थान अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा एक अर्ब ८५ करोड मूल्यका १४ हजार ७६६ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ। चालु आवको दुई महिनामा ६६ करोड ४३ लाख मूल्यका तीन सय १८ वटा अन्य बस ट्रकका चेसिस आयात भएको कार्यालयको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit