images images images
images images images
images
images
images

नेप्सेका कर्मचारी कालोपट्टी बाँधेर आन्दोलनमा, सीईओ र अध्यक्षलाई कार्यालय प्रवेशमा निषेध

images

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरुले कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन् । नियमित गर्नुपर्ने काम गर्दै उनीहरुले कालोपट्टी बाधेर बिहीबारदेखि विरोध गरेका हुन् ।

कर्मचारीले कार्यकारी अधिकृत चुडामणी चापागाई र अध्यक्ष हेमन्त बस्याललाई कार्यकक्षभित्र प्रवेशमा रोक लगाएका छन् । कर्मचारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलन चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए ।

images
images

जारी गरेको विज्ञप्तिमा सम्पुर्ण कर्मचारीहरुले हातमा कालो पट्टी बाँधेर काम गर्ने, प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने, नेप्से सञ्चालक समितिका अध्यक्ष र सीईओको राजिनामा माग गरेका छन् ।

संघले अध्यक्ष र सीईओले राजीनामा नदिएसम्म निरन्तर विरोध कार्यक्रम जारी राख्ने जनाएको छ । नेप्सेका कर्मचारीले आफुले पाउनु पर्ने ५ प्रतिशत बोनस नदिएको भन्दै मंगलबार अध्यक्ष हेमन्त बस्याल र सीईओ चुडामणी चापागाईलाई करिब १३ घन्टा नेप्सेमा बन्दी बनाएर राखेका थिए । रातको १२ बजेको समयमा प्रहरी आएर अध्यक्ष र सीईओलाई घर पठाएको थियो ।

नेप्से सञ्चालक समितिले अर्थ मन्त्रालयको स्वीकृत बिना ५ प्रतिशत बोनस दिन नमिल्ने भन्दै रोकेको छ । कर्मचारी भने श्रम अदालतले ५ प्रतिशत दिनु पर्छ भनेका कारण अदालतको आदेश मान्नुपर्ने पक्षमा रहेका छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्