Advertisement
Advertisement
Corporate Samachar
१५ असार २०८३, सोमबार
Advertisement

लगातार छैटौं दिन गिरावट आएको नेप्से २६ सय ३२ बिन्दुमा झर्‍यो, ४ कम्पनीमा सकारात्मक सर्किट

लगातार छैटौं दिन गिरावट आएको नेप्से २६ सय ३२ बिन्दुमा झर्‍यो, ४ कम्पनीमा सकारात्मक सर्किट
विज्ञापन
Advertisement

काठमाडौं । शेयर बजार गिरावटको क्रमले सोमबार पनि निरन्तरता पाएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.५४ अंकले घटेर २६३२.९६ बिन्दुमा झरेको छ। असार ५ गते २७०२ बिन्दुमा रहेको नेप्से पछिल्ला लगातार छ कारोबार दिनमा कुल ६९ अंकले घटेको हो।

विज्ञापन
Advertisement
Advertisement

सोमबार ३५१ कम्पनीका ७६ लाख कित्ता शेयर किनबेच हुँदा कुल २ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यो अघिल्लो कारोबार दिन भएको २ अर्ब ७७ करोड रुपैयाँको तुलनामा कम हो।कारोबारमा आएका २९ कम्पनीको शेयर मूल्य बढ्दा २४० कम्पनीको मूल्य भने घटेको छ । यस्तै, ६ कम्पनीको मूल्य आज स्थिर रहेको छ।

बजार समग्र रूपमा घटे पनि टक्सार पिखुवा हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, स्नो रिभर माइक्रोफाइनान्स र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा १४.९९ प्रतिशतसम्मले वृद्धि हुँदै सकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रह्यो, जसको ८८ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसपछि सोपान फर्मास्युटिकल्स (८८ करोड), एनआरएन इन्फ्रास्ट्रक्चर (८७ करोड), रिलायन्स स्पिनिङ मिल्स (८१ करोड) र आँखुखोला जलविद्युत् (७९ करोड रुपैयाँ) बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

सोमबार सबै समूहका सूचक घटेका छन् । निर्जीवन बीमा १.३९, उत्पादन तथा प्रशोधन १.१४, होटल तथा पर्यटन १.१४, फाइनान्स १.१३ प्रतिशत घटे । साथै, बैंकिङतर्फ ०.०९, विकास बैंक ०.७९, जलविद्युत् ०.७२, जीवन बीमा ०.६९, माइक्रोफाइनान्स ०.५९, अन्य ०.५१ र व्यापार ०.३२ प्रतिशतले घटेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit