Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गर्यो ५५ करोड भुक्तानी, दाबीका लागि सातै प्रदेशमा यी हुन् सम्पर्क व्यक्ति

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गर्यो ५५ करोड भुक्तानी, दाबीका लागि सातै प्रदेशमा यी हुन् सम्पर्क व्यक्ति
विज्ञापन
Advertisement

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनबाट भएको क्षतिको पाँच अर्ब बढी बीमा दाबी परेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बीमकमा इन्स्योरेन्सका बुधबार (भदौ ०८) सम्म ३२२ वटा बीमा दाबीहरु परेको छ । सो बापत ५ अर्ब ४५ करोड बराबरको अनुमानित प्रारम्भिक क्षति मूल्यांङ्कन भएकोले उक्त रकम बीमा दाबीमार्फत भुक्तानी गर्न सुरु गरिसकेको सिद्धार्थ इन्स्योरेन्सले जनाएको छ ।

कम्पनीका अनुसार बिहीबारसम्म ११ वटा दाबी बापत ५५ करोड ८ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । इन्स्योरेन्सले बाँकी दाबीमा समेत भुक्तानी गर्ने क्रममा रहेको जनाएको छ । भौतिक सम्पत्तिमा क्षति भई हाल सम्म सम्पर्कमा नआएका बीमितहरुलाई इन्स्योरेन्सले दाबी भुक्तानी प्रकृयामा सहयोग गर्न आग्रह समेत गरेको छ ।

सम्पत्तिमा क्षति भई सम्पर्कमा नआएका बीमितहरुलाई सहजीकरणको लागि कम्पनीले सम्पर्क व्यक्ति तोकेको छ । कम्पनीका अनुसार केन्दीय कार्यालयका लागि आदर्श श्रेष्ठ र अमिता त्रिपाठीलाई तोकेको छ ।

यसैगरी, बागमती प्रदेशका लागि कमल चन्द्र दवाडी, कोशी प्रदेशका लागि ठाकुर उप्रेती, मधेस प्रदेशका लागि बद्रीबहादुर अधिकारी, गण्डकी प्रदेशका लागि गोविन्द देवकोटा, लुम्बिनी प्रदेशका लागि यमप्रसाद तिवारी, कर्णाली प्रदेशका लागि राकेस बि.सी र सुदूरपश्चिमका लागि घनश्याम जोशीलाई सम्पर्क व्यक्ति तोकिएको कमपनीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit