Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता

नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र श्रीलङ्काको नेशनल चेम्बर अफ एक्स्पोर्टर्सबीच व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने तयारी भएको छ । आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न र व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने गरी नेपाल चेम्बर अफ कमर्स र श्रीलङ्काको निर्यात चेम्बरबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौताले दुवै देशका व्यवसायीलाई परस्पर भेटघाट, व्यापार मेला तथा व्यवसायिक फोरममा सहभागिताका लागि सहज वातावरण बनाउन सहयोग गर्नेछ । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले श्रीलङ्काको आर्थिक पुर्नउत्थानको विषयमा पनि अध्ययन गर्ने चेम्बरले उल्लेख गरेको छ । दुई संस्थाबीच व्यापार, लगानी, उद्योग र सेवा क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले सहकार्यको सम्झौता भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

श्रीलङ्काका लागि नेपाली राजदूत डा. पुर्ण नेपाली, चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल एवं श्रीलङकाको नेशनल चेम्बर अफ एक्स्पोर्टर्सका अध्यक्ष इन्द्रा कौशल राजापाक्षेको उपस्थितीमा भएको सम्झौतामा चेम्बरका तर्फबाट उपाध्यक्ष एवं अन्तराष्ट्रिय समितिका सभापति अर्जुन प्रसाद शर्मा र श्रीलङकाको नेशनल चेम्बर अफ एक्स्पोर्टर्सका तर्फबाट महासचिव शिहम मरिकरले हस्ताक्षर गरे ।

दुबै पक्षले आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न, र व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने तयारी भएको छ । सम्झौताअनुसार, दुबै संस्थाले स्थानीय तथा राष्ट्रिय आर्थिक प्रवृत्ति, बजारसम्बन्धी तथ्यांक, वैदेशिक व्यापार नीति र लगानी प्रोत्साहन सम्बन्धी जानकारी नियमित रुपमा आदानप्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit