Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

वेस्ट इन्डिजलाई हराउँदै नेपालको सानदार जित,टेस्ट राष्ट्रलाई पहिलोपटक हराउन सफल

वेस्ट इन्डिजलाई हराउँदै नेपालको सानदार जित,टेस्ट राष्ट्रलाई पहिलोपटक हराउन सफल
विज्ञापन
Advertisement

काठमाडाैं । युएईमा आयोजित युनिटी कप अन्तरगतको पहिलो म्याचमा नेपालले वेस्ट इन्डिजलाई हराएको छ । ।

विज्ञापन
Advertisement
Advertisement

नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि नविन बिडाइसले सर्वाधिक २२ रन बनाए । बलिङमा नेपालका कुशल भुर्तेलले २, रोहित पौडेल, ललित राजवंशी, करण केसी, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।

त्यसअघि युएईको शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४८ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए ।

कुशल मल्ल ३०, कुशल भुर्तेल ६, आसिफ शेख ३, गुल्सन झा २२, दीपेन्द्रसिंह ऐरी १७, सन्दीप जोरा ९ र करण केसी ० रन बनाएर आउट भए । सोमपाल कामी ६ र नन्दन यादव ७ रनमा अविजित रहे ।

बलिङमा वेष्ट इण्डिजका जेसन होल्डरले सर्वाधिक ४ विकेट लिएका थिए । ३ खेलको टी(२०)आई सिरिजान्तर्गतको दोस्रो खेल सोमबार हुनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit