Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

दसैँ सुरु भएपछि गाउँमा चहलपहल बढ्यो

दसैँ सुरु भएपछि गाउँमा चहलपहल बढ्यो
विज्ञापन
Advertisement

ढोरपाटन । दुई साता अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्र सुनसान थिए । बुढापाका र बालबालिका मात्रै रहेका अधिकांश गाउँमा दसैँ नजिकिएसँगै चहलपहल बढ्न थालेको छ ।

विज्ञापन
Advertisement
Advertisement

रोजगार, पढाइ र अन्य कामले सहरबजार र विदेश गएका गाउँ फर्किन थालेपछि यतिबेला गाउँमा दसैँको रौनक छाएको छ ।

टोल, छरछिमेक र चौतारामा गाउँ फर्किएका भेटिन्छन् । युवा शक्ति पलायन हुँदा सुनसान बनेको गाउँ चाडपर्वमा भने चहलपहल बढेको छ । रोजगारीको सिलसिलामा विदेश गएका मात्रै नभएर अध्ययनका लागि काठमाडौँ, पोखरा, बुटवल, चितवनलगायत सहरमा रहेका पनि दसैँ मनाउन घर आएका छन् भने कोही आउने क्रममा छन् ।

वर्षौँदेखि टाढा रहेकालाई स्वागत गर्न आफन्तहरू पर्खिरहेका छन् । चाडबाड मनाउनका लागि आ–आफ्नो गाउँ फर्कनेहरूको सङ्ख्या बढेपछि जिल्ला सदरमुकाम बागलुङ बजारसहित बुर्तिबाङ र गलकोट हटिया बजार पनि विस्तारै सुनसान बन्न थालेका छन् ।

सयौँ पशुपाल्ने किसान पनि चाडपर्व मानाउन लेकबाट बेँसीतर्फ झरेका छन् । चाडबाडका बेला यात्रालाई सहज बनाउन जिल्ला प्रहरी कार्यालयले चार स्थानमा यात्रु सहायता कक्ष निर्माण गरेको छ । बागलुङ जिल्ला प्रवेशद्वार मालढुङ्गा, बागलुङ बजार, हटिया र बुर्तिबाङ बजारमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख मीनबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार दैनिक आठ हजार ५०० को सङ्ख्यामा जिल्ला भित्रिने र तीन हजार यतत्रु बाहिरिने गरेका छन् । उहाँले भन्नुभयो, “दसैँको घटस्थापना सुरु भएदेखि जिल्ला भित्रिनेको चाप बढिरहेको छ, बाहिरिने सङ्ख्या कम छ, कोही पनि नागरिक चाडबाड मनाउन गाउँ जाँदा यात्रामा कुनै समस्या नहोस् भनेर ठाउँठाउँ यात्रु सहायता कक्ष स्थापना गरेका छौँ, यसले उहाँहरूलाई सहयोग पुग्ने विश्वास लिएका छौँ ।’

यतिबेला गाउँघरमा सबैको जमघट हुनुका साथै दसैँ, तिहारको रौनक बढेको गलकोट नगरपालिका–५ का प्रेमबहादुर खत्रीले बताए । स्वदेशमा कुनै रोजगार नहुँदा धेरै युवा विदेशिनु परेको भन्दै दसैँ, तिहारलगायत चाडपर्वमा अधिकांश युवा गाउँ फर्किने गरेका उहाँको भनाइ छ । गाउँमा रोजगारीको अवसर नहुँदा बागलुङका अधिकांश युवाहरू काठमाडौँ, पोखरा र विभिन्न विदेशी मुलुकमा जाने गरेका छन् ।

‘केही दिन अगाडिसम्म गाउँ सुनासन थियो, अहिले बर्खा पनि राकिँदै गयो, सहर, बजार र विदेशबाट पनि गाउँलेहरू धमाधम गाउँ फर्किन थालेपछि धेरै रमाइलो हुन थालेको छ’, ‘पहिले गाउँ सधैँ रमाइलो हुन्थ्यो, किनकी गाउँमा मान्छेहरू धेरै हुन्थे । पछिल्लो समय युवा पढाइ, रोजगारीको लागि बाहिरिन थाले, कतिपय बसाइँसराइ गरी सहर, बजार पस्न थाले । गाउँ सुनसान नै थियो, दसै आएसँगै चहलपहल बढेको छ ।’

चाडपर्व मनाउन गाउँ आएका तिहार पछाडि सहर, बजार र विदेश फर्किने छन् । गाउँमा बस्नेहरूलाई भने चाडपर्वसँगै मकै र आलु भित्र्याउने हतार पनि छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit