Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

विश्व बैंकद्वारा यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतले घट्ने प्रक्षेपण, बीमा र कृर्षि क्षेत्र प्रभावित हुने

विश्व बैंकद्वारा यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतले घट्ने प्रक्षेपण, बीमा र कृर्षि क्षेत्र प्रभावित हुने
विज्ञापन
Advertisement

काठमाडौं । विश्व बैंकले चालू वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ । यसअघि आर्थिक वर्ष ०८२/८३ का लागि नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत र ०८३/८४ मा ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले यो वर्ष ३.१ प्रतिशतले आर्थिक वृद्धिदरमा गिरावट आउने अनुमान गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

विश्व बैंकले दक्षिण एसिया क्षेत्रको आर्थिक अवस्थाबारे सार्वजनिक गरेको प्रक्षपणमा भनिएको छ, ‘ आर्थिक वर्ष ०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर घटेर २.१ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ, जसको सम्भावित दायरा ऋणात्मक १.५ देखि २.६ प्रतिशतसम्म रहने अपेक्षा छ।’

नेपालमा हालै मात्र घटित भएको जेनजी आन्दोलनपछिको परिवर्तित राजनीतिक अवस्था, आन्दोलनसँगै पछिल्लो समय प्राकृतिक विपत्तीले पूर्वाधारमा पुर्याएको क्षतिलगायतका कारणले पनि देशको राजनीतिक र आर्थिक अनिश्चिततालाई थप बढाएको छ । भष्ट्राचार, अनिश्चित व्यवसायिक वातावरण, उच्च व्यापार लागत र पूर्वाधार अभाव, स्वदेशी उद्योगी ÷व्यवसायी नै लगानीका लागि धक मानिरहेको अवस्थामा विदेशी लगानीकर्ता समेत नेपालमा लगानीको लागि डराएका छन् । साथै, आन्दोलनलगायतका कारण नेपाल आउने विदेशी पर्यटकको संख्यामा समेत तीव्र गिरावट आउने विश्व बैंकले जनाएको छ । जेनजी आन्दोलनमा निजी तथा सार्वजनिक क्षेत्रमा भएका सम्पत्ति तोडफोडबाट ठूलो आर्थिक नोक्सानी भएको थियो । यसको असर स्वरुप बीमा क्षेत्र प्रभावित हुने अनुमान विश्व बैंकको रहेको छ । तर, पुनर्निर्माणका प्रयासहरूले आर्थिक पुनरुत्थानलाई आगामी आर्थिक वर्ष मा सहयोग पु¥याउने र आव २०८४/८५ सम्ममा आर्थिक वृद्धिको गति लिने विस्वास गरिएको छ ।

विश्व बैंकले पछिल्लो १० वर्षमा नेपालको वृद्धिदर औसत ४.३ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै आर्थिक वर्ष २०७९/८० मा आइपुग्दा युवा बेरोजगारी दर २२.७ प्रतिशतसम्म पुगेको जनाएको गरेको छ। तर, जलविद्युत उत्पादनमा भएको वृद्धिले आर्थिक वर्ष २०८१/८२ मा भने नेपालको वृद्धि दर ४.६ प्रतिशत पुगेको उल्लेख गरेको छ। विश्व बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धिदर ३.७ प्रतिशत थियो। यो वर्ष भने निजी लगानी र जलविद्युत् बाहेकका निर्माण कार्यमा अवरोध आउने सम्भावना बढी रहेको प्रतिवेदनमा उल्लेख छ । साथै तराई लगायतका विभिन्न स्थानमा धान बाली लगाउने समयमा वर्षा नहुँदा सुख्खापनका कारण कृषि क्षेत्रमा पनि प्रतिकूल प्रभाव पर्ने अनुमान विश्व बैंकले गरेको छ ।

विश्व बैंकले नेपालसँगै भारत र मालदिभ्सको पनि आर्थिक वृद्धि दर घटाएको छ । भारतको निर्यातमा देखिएको कमि, मालदिभ्समा विदेशी मुद्रा सञ्चितिमा देखिएको दबाबलगायतले उनिहरुको आर्थिक वृद्धिदरमा प्रभाव पार्ने अनुमान विश्व बैंकको छ  ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit