Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

कोरलानाकाबाट दसैँ अघिसम्म दुई अर्ब तीन करोड राजस्व संकलन

कोरलानाकाबाट दसैँ अघिसम्म दुई अर्ब तीन करोड राजस्व संकलन
कोरला नाका मुस्ताङ, १९ असोज : मुस्ताङको कोरला नाका । पछिल्लो समय कोरला नाका आन्तरिक पर्यटकका लागि घुमफिरको केन्द्र बनेको छ । तस्बिर : सुन्दरकुमार थकाली/रासस
विज्ञापन
Advertisement

मुस्ताङ । भदौ ३१ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको उत्तरी कोरलानाकास्थित न्हेचुङको भन्सार कार्यालय दसैँपछि आजदेखि सञ्चालनमा आएको छ । गत असोज १३ गते कर्मचारी दसैँ मनाउन घर गएपछि कार्यालय बन्द थियो ।

विज्ञापन
Advertisement
Advertisement

कार्यालयमा निकासी तथा पैठारीकर्ता मालवस्तु धनीका अख्तियार प्राप्त प्रतिनिधि उपस्थित नहुँदा मालवस्तु जाँचपासलगायतका काम सुरु नभएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिए । दसैँमा बिदा हुँदा चीनबाट आयात गरिएका मालवस्तु तथा विद्युतीय कार न्हेचुङ भन्सारमा जाँचपासका लागि रोकिएका छन् । नाकाबाट मालवस्तु आयात गरी मालवाहक र विद्युतीय कारहरु जम्मा भएको सूचना प्राप्त भएको भन्सार प्रमुख खड्काले बताए ।

कोरलानाकाबाट दसैँ अघिसम्म दुई अर्ब दुई करोड ९६ लाख राजस्व सङ्कलन भएको थियो । त्यस अवधिसम्म कोरलानाकाबाट भित्रिएका एक हजार १०९ वटा विद्युतीय कारमध्ये ९६५ वटा विद्युतीय कारको भन्सार जाँचपास भई गन्तव्यमा पुगिसकेका छन् ।

यसैगरी चिनियाँ मालवस्तु ढुवानी गरिएका ३७५ वटा मालवाहकको भन्सार जाँचपास भएको छ । यसअघि यहाँको मुस्ताङ भन्सार कार्यालय उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै खुल्ला हुँदा थोरै मात्र राजस्व सङ्कलन हुने गरेको थियो । गत साउन, भदौमा रसुवागढी र तातोपानी नाका बाढीपहिरोका कारण अवरुद्ध भएपछि भन्सार विभागले कोरलानाकालाई प्रयोगमा ल्याएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit