Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

निजी क्षेत्रमा प्रवाहित कर्जा ५५ खर्ब ४६ नाघ्यो, गैर–वित्तीय क्षेत्रतर्फ ६२.८ प्रतिशत प्रवाह

निजी क्षेत्रमा प्रवाहित कर्जा ५५ खर्ब ४६ नाघ्यो, गैर–वित्तीय क्षेत्रतर्फ ६२.८ प्रतिशत प्रवाह
विज्ञापन
Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा बढेर ५५ खर्ब ४६ अर्ब नाघेको छ । केन्द्रीय बैंकको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार निजी क्षेत्रमा प्रवाहित कर्जा ४९ अर्ब २४ करोड (०.९ प्रतिशत) ले बढेर कुल कर्जा ५५ खर्ब ४६ अर्ब ९४ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७३ अर्ब ३९ करोड (१.४ प्रतिशत) ले बढेको थियो।

विज्ञापन
Advertisement
Advertisement

यसैगरी, वार्षिक विन्दुगत आधारमा २०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ७.८ प्रतिशतले बढेको छ । २०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह १.० प्रतिशत र वित्त कम्पनीहरूको ०.८ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको कर्जा प्रवाह ०.१ प्रतिशतले घटेको छ । ०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १५.१ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६४.३ प्रतिशत रहेको छ । २०८१ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३.२ प्रतिशत र ६६.२ प्रतिशत रहेको थियो।

चालु आवको दुई महिनामा कर्जा प्रवाहको अवस्था

आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा २.६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.९ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा १.१ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.० प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.० प्रतिशतले बढेको छ भने सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.३ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रष्ट रिसिट (आयात) कर्जा ६.७ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ३.५ प्रतिशत, क्यास क्रेडिट कर्जा१.७ प्रतिशत, आवधिक कर्जा १.१ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ०.८ प्रतिशत र हायर पर्चेज कर्जा ०.५ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ३.६ प्रतिशतले घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit