Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

हिउँमा फसेका पर्यटकको उद्धार गर्न सकस

हिउँमा फसेका पर्यटकको उद्धार गर्न सकस
विज्ञापन
Advertisement

मनाङ । भारी हिमपातपछि मनाङको जनजीवन प्रभावित बनेको छ । हिउँमा फसेका पर्यटकको उद्धारमा बिहानैदेखि सुरक्षा निकाय प्रयासरत छन् तर सवारीसाधनको अभावमा उनीहरूलाई उद्धार गर्न सकस भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले हिउँमा फसेका पर्यटकको उद्धारमा सवारीसाधनको अभाव भएको जानकारी दिए । ‘फसेका पर्यटकको उद्धार गरिरहेका छौँ । हिउँमा सवारीसाधन पनि फसेकाले सकस भएको छ । अन्य सवारीसाधनको अभाव छ’, उनले भने।

तिलिचो आधार शिविरमा अलपत्र पर्यटकलाई उद्धार गरिएको र खाङ्सारमा अन्य व्यवस्थापन गरिएको उनले बताए । हाल पच्चिस किलोमिटर सडकबाट हिउँ फालेर आवागमन सहज बनाइएको उनको भनाइ छ ।

केही पर्यटकलाई घरबास तथा केहीलाई निजी घरमा व्यवस्थापन गरिएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन् । उनीहरूका अनुसार सबै विदेशी पर्यटक सुरक्षित छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit