Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

ओलीजीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिनुभएको छ, राष्ट्र बैंकभित्रकै समस्या हो : सभापति देउवा

ओलीजीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिनुभएको छ, राष्ट्र बैंकभित्रकै समस्या हो : सभापति देउवा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ प्रधानमन्त्रीका कारण नभई राष्ट बैंकको आन्तरिक कारणले भएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाली कांग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा मंगलबार ललितपुरको सानेपामा आयोजित कार्यक्रममा देउवाले प्रधानमन्त्रीका कारण नभइ कांग्रेसका तर्फबाट गभर्नर नियुक्तिका लागि नाम सिफारिस गर्न समस्या भएकाले नियुक्तिमा ढिलाइ भएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिएको बताए । देउवाले भने, “प्रधानमन्त्री केपी शर्मा ओलीजीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिनुभएको छ ।”

यद्यपी गभर्नर नियुक्तिका विषयमा भइरहेको ढिलाइ राजनीतिक कारणभन्दा पनि राष्ट्र बैंकभित्रैको समस्याले भएको तर्क देउवाले गरे । “गभर्नरको विषयमा अहिले राजनीतिक समस्या छैन, ओलीजी पनि सकरात्मक नै हुनुहुन्छ, राष्ट्र बैंकभित्रकै समस्या हो,” उनले भने ।

यस्तै, सभापति देउवाले अहिले सत्ता गठबन्धनमा कुनै समस्या नभएको स्पष्ट पारे । उनले राज्यको आवश्यकताअनुसार प्रतिफल दिने आयोजनामा मात्रै लगानी गर्नुपर्नेमा जोड दिँदै विदेशी अनुदान घट्दै गएको परिप्रेक्ष्यमा देशभित्रै लगानीमैत्री वातावरण तयार गर्नुपर्ने बताए । “आइटी क्षेत्रको विकासमा जोड दिनुपर्छ, युवावर्गलाई यस क्षेत्रमा लाग्न प्रोत्साहन गर्नुपर्छ ।”

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit