Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

राजस्व चुहावट नियन्त्रण गर्न जिल्ला स्तरमा समन्वयात्मक बैठक र सचेतना कार्यक्रम आयोजना गर्न अर्थमन्त्रीको निर्देशन

राजस्व चुहावट नियन्त्रण गर्न जिल्ला स्तरमा समन्वयात्मक बैठक र सचेतना कार्यक्रम आयोजना गर्न अर्थमन्त्रीको निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं । अर्थ मन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावट नियन्त्रणका लागि जिल्लास्तरमा समेत समन्वयात्मक बैठक आयोजना गर्ने निर्देशन दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा बढ्दो राजस्व चुहावट नियन्त्रणका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले सम्बद्ध सबै निकायका अधिकारीहरुलाई यस्तो निर्देशन दिएका हुन् । समितिका आगामी बैठकहरु अन्य कार्यालयहरु–निकायहरुमा गर्ने र जिल्लास्तरका चुहावट नियन्त्रणमा संलग्न कार्यालयहरुलाई पनि अनलाइनमा जोडी संयुक्त रुपमा गर्ने व्यवस्था मिलाउने लगायतका विषयमा अर्थ मन्त्रीले निर्देशन दिएका थिए ।

उनले सबै निकायबीच सूचनाको आदान प्रदान हुनुपर्ने भन्दै जिल्ला स्तरमा समेत सचेतना कार्यक्रमको आयोजना गर्न भनेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

अर्थमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय राजस्व चुहावट समितिको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृह सचिव, अर्थ सचिव, महानिरीक्षक–नेपाल प्रहरी, महानिरीक्षक–सशस्त्र प्रहरी बल नेपाल, मुख्य अनुसन्धान निर्देशक–राष्ट्रिय अनुसन्धान विभाग, महानिर्देशक–भन्सार विभाग, महानिर्देशक–आन्तरिक राजस्व विभाग, महानिर्देशक–राजस्व अनुसन्धान विभाग, महानिर्देशक–सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलगायतका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

बैठकमा अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको प्रस्तुति दिएका थिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit