Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जिल्ला सुरक्षा सम्बन्धमा उद्योग वाणिज्य संघको सहभागिता गृहमन्त्रालयको निर्णयप्रति महासंघद्धारा स्वागत

जिल्ला सुरक्षा सम्बन्धमा उद्योग वाणिज्य संघको सहभागिता गृहमन्त्रालयको निर्णयप्रति महासंघद्धारा स्वागत
विज्ञापन
Advertisement

 काठमाडाैं । सरकारले अनुकूल व्यवसायिक वातावरण तयार गर्न जिल्ला सुरक्षा समितिका पदाधिकारी समेतको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य संघ लगायत व्यवसायीहरूको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई विहीबार परिपत्र गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा सुरक्षा प्रत्याभूतिका गर्न सरकारले गरेको उक्त निर्णयका लागि महासंघ गृह मन्त्रालयप्रति हार्दिक आभार व्यक्त गर्दै महासंघले निजी क्षेत्रको सुरक्षाको प्रत्याभूतिका लागि केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा महासंघको प्रतिनिधित्व सुनिश्चित गर्न सम्बन्धित जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिको सहभागिताका कार्तिक २ गते गृह मन्त्रालयमा पत्राचार गरेको थियो ।

महासंघले सबै तहमा सरकार निजी क्षेत्र समन्वय र मुख्य गरि जिल्ला स्तरिय सुरक्षा योजना, जोखिम मुल्यांकन र आकस्मिक निर्णय प्रक्रियामा पनि व्यवसायिक समुदाय प्रत्यक्ष सहभागिता सुनिश्चितताको लागि आग्रह गरेको थियो ।

केन्द्र, प्रदेश, जिल्ला र स्थानिय तहमा सरकार र निजी क्षेत्रवीच समन्वय संयन्त्रको आवश्यकता महशुस गरिएको अवस्थामा सरकारको यो निर्णयले व्यवसायिक मनोबल बढाउन सरकार र निजी क्षेत्रवीच समन्वय एवं सहकार्यमा सहजता थप्ने महासंघले जनाएको छ ।

‘यस निर्णयबाट व्यवसायीको मनोबल बढ्ने र अर्थतन्त्र चलायमान हुने विश्वास हामीले लिएका छौ,’ महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठले भने, ‘यसका लागि हामी नेपाल सरकार गृह मन्त्रालयलाई धन्यवाद दिन चाहन्छौ ।’

यसैबीच महासंघले सरकारको निर्णय अनुसार जिल्लास्थित उद्योग वाणिज्य संघहरुलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरि आवश्यक समन्वय गर्न पनि आग्रह गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit