Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

माओवादी त्यागेका जनार्दनले भने– स्वार्थको राजनीतिमा सहभागी भए, कमजोरी स्वीकारेर नयाँ अभियान मार्फत संकल्प पुरा गर्छु

माओवादी त्यागेका जनार्दनले भने– स्वार्थको राजनीतिमा सहभागी भए, कमजोरी स्वीकारेर नयाँ अभियान मार्फत संकल्प पुरा गर्छु
विज्ञापन
Advertisement

काठमाडौं । विभिन्न आठ दलसँग एकताको निर्णयमा पुगेको नेकपा माओवादी केन्द्र विभाजित भएको छ। पार्टीका पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखे लगायतले माओवादी पार्टी परित्याग गर्दै नयाँ अभियान सुरु गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै पूर्वउपमहासचिव शर्माले प्रगतिशील अभियान, नेपाल नामको राजनीतिक अभियानको घोषणा गरे। माओवादीको नेतृत्वमा भएको दशवर्षे संघर्षदेखि जेनजी आन्दोलनले उठाएका माग र भावना विपरीत पार्टी र नेतृत्व अघि बढेकाले एकता प्रक्रियाबाट बाहिरिएको शर्माको भनाइ छ । लामो समयदेखि पार्टीको मूल नेतृत्वसँग उनले संघर्ष गर्दै आएका थिए । शर्मा पछिल्लो पटक नेकपा एकीकृत समाजवादीलगायतसँग एकताको प्रकृयामा मावोवादीको मूल नेतृत्व अघि बढिरहँदा पार्टीको नेतृत्व हस्तान्तरण हुनुपर्ने पक्षमा दृढ देखिएका थिए ।

यस्तै, मंगलबार पार्टी परित्याग गर्दै नयाँ अभियानको घोषणा गरेका नेता शर्माले विगतका आफ्ना कमजोरीलाई स्वीकार गर्दै नयाँ अभियानका साथ हामी अघि बढ्ने बताए । उनले भने, ‘विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास सुरु भएको छ।’

विगतमा स्वार्थको राजनीतिमा सहभागी भइ गल्ति गरेको भन्दै भएका कमजोरीप्रति क्षमायाचना गर्दै अब इमान्दारीका साथ नयाँ अभियान मार्फत अघि बढ्ने बताए । उनले भने, ‘आजसम्म आम जनता, मतदाता, कार्यकर्ता र समर्थनहरुलाई दुरुपयोग गरेर स्वार्थ केन्द्रित जो शाषन गर्ने प्रवृति जन्मियो त्यसमा हाम्रो पनि कमी छ, हामीले पनि गल्ति गरेका छौँ , हामी पनि त्यसमा सहभागी छौँ , कुनै न कुनै रुपमा साथ सहयोग गर्दै आयौँ, त्यसप्रति क्षमा चाहान्छौँ,’ शर्माले भने, ‘ती कमजोरीलाई स्वीकार गर्दै अब इमान्दारीका साथ नयाँ अभियान मार्फत त्यसलाई पुरा गर्ने एउटा संकल्प गर्न चाहान्छौँ।’

उनले सहीद, वेपत्ताका सपनाहरुलाई पुरा गर्न र घाइते योद्धाहरुका अपेक्षाहरु पुरा गर्न अभियानमार्फत तयार रहेको धारणा राखे । ‘हामी एउटा ऐतिहासिक मोडमा छौँ । एउटा जोखिम, चुनौति र सम्भावना बोकेर हामी उपस्थित भएका छौँ ।’ उनले थप भने, ‘ सहीद, वेपत्ताका सपनाहरुलाई पुरा गर्न, घाइते योद्धाहरुका अपेक्षाहरु उनीहरुमा आकांक्षासहित तमाम् प्रश्नहरुको जिवन्त जवाफ हामीले दिनुपर्ने छ । हामी त्यो दिनेछौँ । सम्रग जिम्मा लिन तयार छौँ।’

देशको राजनैतिक अस्थिरतालाई समाप्त पार्नका लागि वृहत वामपन्थि एकताबाठ नेकपा बनाएकाले त्यसमा आफूले हस्ताक्षर गरेको उल्लेख गरे । तर, अब त्यसमा गरेको हस्ताक्षरको तुक नरहेको शर्माको भनाइ छ । ‘हामी भिन्न रुपमा राजनीति फोर्षलाई विक्षित्त गर्न चाहान्छौँ । भिन्न दृष्टिकोणबाट अगाडि बढाउन चाहान्छौँ,’ उनले भने,‘ एउटा जवाफ मैले दिनुपर्ने छ, नेकपा बनाउँदा यसले हस्ताक्षर गरेको थियो अहिले विरोध गरिरहेको छ भन्ने प्रश्न म प्रति उठेको छ । त्यसको कुनै साइनो र तुक छैन । किन छैन भने त्यसबेला वृहत वामपन्थि एकता गरेर यो देशको राजनैतिक अस्थिरतालाई समाप्त पार्नका लागि गरिएको थियो, अहिले अवस्था भिन्न छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit