Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेशनल लाईफ इन्स्योरेन्सको एक करोड रुपैयाँ आर्थिक सहयोग

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेशनल लाईफ इन्स्योरेन्सको एक करोड रुपैयाँ आर्थिक सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सरकारद्वारा पुनः निर्माणका लागि स्थापना गरिएको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा एक करोड रुपैयाँ सहयोग गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

गत भदौ २३ र २४ गते देशभर भएका जेनजी प्रदर्शन तथा आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोडबाट ठूलो क्षति पुगेको थियो । जसबाट प्रभावित भौतिक संरचनाको पुनर्निर्माण, राहत तथा आर्थिक पुनरुत्थानका कार्यलाई सहयोग पुर्याउने उद्देश्यले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

उक्त रकम बराबरको चेक कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र नायब महाप्रबन्धक प्रज्वल सायमीले मंगलबार अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई मन्त्रालयमै पुगेर हस्तान्तरण गरे । कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन तथा वातावरण संरक्षणलगायत क्षेत्रमा समेत आर्थिक सहयोग उपलब्ध गर्दै आएको उल्लेृख गरे । यस्तै उनले भविष्यमा पनि यस प्रकारको सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे ।

कम्पनीले यस प्रयोजनको लागि नियामक निकायवाट जारी निर्देशन अनुसार प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको जनाएको छ ।

 

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit