काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले नेपाल सरकारद्वारा पुनः निर्माणका लागि स्थापना गरिएको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
गत भदौ २३ र २४ गते देशभर भएका जेनजी प्रदर्शन तथा आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोडबाट ठूलो क्षति पुगेको थियो । जसबाट प्रभावित भौतिक संरचनाको पुनर्निर्माण, राहत तथा आर्थिक पुनरुत्थानका कार्यलाई सहयोग पुर्याउने उद्देश्यले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम सहयोग गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार पुनर्निर्माण कोषमा आज २५ लाख रुपैयाँको चेक कम्पनीका सञ्चालक भरतबहादुर बस्नेत र प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अर्थमन्त्री रामेश्वर खनाललाई अर्थ मन्त्रालयमै पुगेर औपचारिक रुपमा हस्तान्तरण गरेका हुन्।

















प्रतिक्रिया दिनुहोस्