Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

एभरेष्ट भेन्चर्सले शेयरधनिलाई पहिलो वर्षमै सात प्रतिशत बोनस शेयर वितरण गर्ने

एभरेष्ट भेन्चर्सले शेयरधनिलाई पहिलो वर्षमै सात प्रतिशत बोनस शेयर वितरण गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । एभरेष्ट भेन्चर्स लिमिटेडले कम्पनी पूर्ण रुपमा संचालनमा आएको पहिलो वर्षमै शेयरधनिहरुलाई सात प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको संचालक समितिको बैठकले आफ्ना सेयरधनीका लागि सात प्रतिशत बोनस सेयर र सो वापत लाग्ने कर प्रयोजनका लागि ४ लाख ८७ हजार नौ सय ७४ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । सोही प्रयोजनार्थ कम्पनीले आगामी मंसिर २० गते दोस्रो वार्षिक साधारणसभा डाकेको छ ।

अधिकृत पूँजी दुई अर्ब, जारी पूँजी ५० करोड र संस्थापकहरुले चुक्ता गर्ने पूँजी ३५ करोड रहेको सो कम्पनीका तीन सय ३२ जना शेयरधनी रहेका छन् । कम्पनीले पूँजी बजारमा संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्ने नीति लिएको जनाएको छ । साथै सहायक कम्पनी खोल्ने, ४९ करोड कर्जा लिने, लगानी सम्बन्धी प्रस्ताव पारित गर्नेलगायतका प्रस्ताव साधारणसभामा लैजाने निर्णय पनि बैठकले गरेको छ ।

०८१ साल असार अन्तिममा कारोबार शुरु गरेको सो कम्पनीले हाल पूँजी बजारमा लगानी केन्द्रित गरी जोखिम व्यवस्थापन गरेर शेयरधनीलाई प्रतिफल दिने तयारी गरेको छ । शेयर बजारका लगानीकर्ताहरुले स्थापना गरेको कम्पनीको संचालक समिति अध्यक्षमा बरिष्ठ पत्रकार डिल्ली बसेल र प्रमुख कार्यकारी अधिकृत तिलक कोइराला छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit