Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

बिमा सूचना केन्द्र स्थापना गर्ने तयारी

बिमा सूचना केन्द्र स्थापना गर्ने तयारी
विज्ञापन
Advertisement

काठमाडौं । बिमा सूचना केन्द्र स्थापना गर्ने विषयमा सरोकारवालाबीच सहमति भएको छ । नेपाल बिमा प्राधिकरणले आयोजना गरेको छलफल कार्यक्रमबाट प्राप्त राय–सुझावका आधारमा प्रारम्भिक मस्यौदा परिमार्जन गरी केन्द्र स्थापनाको कार्य छिट्टै अघि बढाइने भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल बिमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बिमा सूचना केन्द्र स्थापना तथा सञ्चालनसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको हो ।

बिमा ऐन, २०७९ बमोजिम बिमा कम्पनी, लघु बिमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरी राय–सुझाव सङ्कलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले बिमा क्षेत्र विस्तार हुँदै गएको सन्दर्भमा छरिएका सूचनालाई एकीकृत गर्न तथा गलत क्रियाकलाप पहिचान गरी नियन्त्रण गर्न सूचना केन्द्र आवश्यक रहेको बताए । उनले बीमक, बीमितलगायत सबै सरोकारवालाको हितका लागि बिमा सूचना केन्द्रको स्थापनाको प्रक्रिया शीघ्र अघि बढाइने जानकारी दिए ।

पूर्वमुख्य सचिव डा बैकुण्ठ अर्यालले विज्ञका रूपमा केन्द्रको स्थापना, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रारम्भिक मस्यौदा प्रस्तुत गर्नुहुँदै बिमा क्षेत्रसँग सम्बन्धित यथार्थ सूचना र विश्लेषणका लागि सूचना केन्द्र अपरिहार्य रहेको बताए ।

नेपाल बीमक सङ्घका अध्यक्ष वीरेन्द्र बैदवार र नेपाल जीवन बीमक सङ्घका अध्यक्ष प्रवीण रमण पराजुलीले बिमा सूचना केन्द्र स्थापनाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशकहरू, जीवन तथा निर्जीवन बिमा कम्पनी, लघु बिमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit