Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

कुमारी बैंकले ल्यायो ‘ग्रीन सेभिङ्स डिपोजिट अकाउन्ट’

कुमारी बैंकले ल्यायो ‘ग्रीन सेभिङ्स डिपोजिट अकाउन्ट’
विज्ञापन
Advertisement

काठमाडौं । दिगो विकासका लक्ष्यहरू हासिल गर्न वित्तीय क्षेत्रबाट टेवा पुर्‍याउने उद्देश्यका साथ कुमारी बैंकले नयाँ बचत योजना ‘ग्रीन सेभिङ्स डिपोजिट अकाउन्ट’ सार्वजनिक गरेको छ। “एक खाता, एक रुख” भन्ने अवधारणामा आधारित यो योजनाअन्तर्गत खोलिने प्रत्येक खाताको नाममा बैंकले एकवटा रुख रोप्नेछ।

विज्ञापन
Advertisement
Advertisement

यस योजनाबाट खातावालहरूले साधारण बचत खाताको भन्दा ०.२५ प्रतिशत बढी ब्याजदर, एक लाख रुपैयाँसम्मको बीमा सुविधा, दुई वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा, र दुई लाख रुपैयाँसम्मको फोन लोन सुविधा (योग्यता अनुसार) प्राप्त गर्न सक्नेछन्।

कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलका अनुसार, “ग्रीन सेभिङ्स डिपोजिट अकाउन्ट” बाट संकलन हुने निक्षेप दिगो विकास प्रवर्द्धन गर्ने तथा वातावरणमा सकारात्मक प्रभाव पार्ने क्षेत्रहरूमा लगानी गरिनेछ। उनका अनुसार, “प्रत्येक खाता बापत रुख रोप्ने र हरित क्षेत्रमा कर्जा प्रवाह गर्ने अभ्यासले वातावरण संरक्षणमा दोहोरो प्रभाव पार्नेछ।”

बैंकका अनुसार यो योजना सम्पूर्ण शाखामा उपलब्ध छ। इच्छुक ग्राहकले बैंकको वेबसाइट वा नजिकको शाखामा सम्पर्क गरी थप जानकारी लिन सक्नेछन्।

२४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले हाल देशभर ३०२ शाखा, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ४८ शाखारहित बैंकिङ इकाइ मार्फत सेवा दिइरहेको छ। बैंकले वित्तीय साक्षरता प्रवर्द्धन र दिगो विकासका लक्ष्यहरू हासिल गर्न संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विभिन्न परियोजनामा संलग्न रहँदै आएको बताएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit