Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

प्रधानमन्त्री कार्कीले गरिन् निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल

प्रधानमन्त्री कार्कीले गरिन् निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरुबीच आगामी फागुन २१ गते तय भएको निर्वाचनको विषयमा छलफल भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरुबीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको छ ।’

त्यस्तै, उनले मतदाता नामावलीमा हालसम्मको प्रगति र यसलाई सफल बनाउनुपर्ने कामहरु लगायतका विषयमा पनि बुधबार छलफल भएको जानकारी दिए । बैठकमा प्रधानमन्त्री कार्कीले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नको लागि सबैको सहयोग प्राप्त हुने धारणा राखेको प्रवक्ता भट्टराईको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit