Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सरकारले भूमि अध्यादेश फिर्ता लिएर नयाँ विधेयक ल्याउने

सरकारले भूमि अध्यादेश फिर्ता लिएर नयाँ विधेयक ल्याउने
विज्ञापन
Advertisement

काठमाडौं ।  सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने भएको छ । सत्तापक्षीय दलहरुले भूमिसम्बन्धी अध्यादेशका विषयमा छलफल गर्दै सो सम्बन्धमा नयाँ विधेयक मस्यौदा तयारी गरी संसद्मा लैजाने तयारी गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री निवास बालुवाटरमा आज बसेको सत्तापक्षीय दलका शीर्ष नेताको बैठकमा सो अध्यादेशका सम्बन्धमा रहेका जनता सामाजवादी पार्टी नेपालका चासोलाई सम्बोधन गरेर अघि बढ्ने बारेमा छलफल भएको जनाइएको छ ।

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भूमिसम्बन्धी अध्यादेशका सम्बन्धमा नयाँ विधेयक मस्यौदा अघि बढाउने बारेमा निष्कर्ष निकालेको बताए । । उनले भने, “जसपा नेपालका भूमिसम्बन्धी अध्यादेशका विषयमा केही चासो थिए । त्यो कुरालाई बैठकमा प्रधानमन्त्री ज्यूले स्पष्ट पार्नुभयो । त्यही स्पष्टताका साथ विधेयकमा व्यवस्था गर्ने कुरा भयो । लगभग सहमतिको चरणमा पुगेका छौँ ।”

सरकारले संसद अधिवेशन छलेर ल्याएका विभिन्न ६ वटा अध्यादेशमध्ये भूमि अध्यादेशलाई अघि बढाउन सकेको छैन । गत पुस २९ गते पाँच वटा अध्यादेश ल्याएकोमा सरकारले भूमि सम्बन्धी अध्यादेश माघ २ गते मात्रै जारी गरेको थियो । त्यसअगाडि १४ पुसमा सहकारी सम्बन्धी अध्यादेश ल्याएको थियो । यीमध्ये ५ वटा अध्यादेश दुवै सभाबाट स्वीकृत भएर अगाडि बढिसकेको छ । ५ वटै अध्यादेश प्रतिस्थापन विधेयक संसदमा बिचाराधीन रहँदा भूमि अध्यादेश दुवै सभाबाट स्वीकृत हुन सकेको छैन ।

दुवै सभाबाट भूमि अध्यादेश अघि बढ्ने नदेखिएपछि सरकार भूमि अध्यादेश फिर्ता लिएर अगाडि बढ्न खोजेको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतको उपस्थिति थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit